पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ३०, काठमाडौँ | कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ ।

यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ ।

सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् ।

‘हामीले केन्द्रका दुवै सदन र प्रदेशका सांसदका लागि संसदीय परिपाटीका विषयमा प्रशिक्षण दिन लागेका छौँ,’ उनले भने, ‘कसरी प्रस्तुत हुने र धारणा बनाउने, सांसदलाई सुसूचित गर्ने, शून्य समय, विशेष समय र कुन वेला बोल्न हुन्छ, कुन वेला हुँदैन भन्नेमा बोल्न सिकाउन लागिएको हो ।’, यो खबर आजको नयाँ पत्रिकामा छ ।