नगरले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नगरले "/>

2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको शिवराज ३ खुल्ला दिशा मुक्त घोषणा

माधव बेल्वासे/चैत्र २, कपिलवस्तु | कपिलवस्तुको  शिवराज नगरपालिका वडा नं ३ लाई शुक्रावार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको छ ।

नगरले लिएको वैसाख भित्रमा नगरलाई नै खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य अनुसार वडालाई घोषणा गरएको हो ।

३ नम्वर वडाको पहिचान खुल्ला दिशा मुक्त अभियान भन्ने नारा सहित सो अभियान संचालन गरिएको थियो ।

कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शिवराज नगरपालिकालाई वैसाख भित्रै खुल्ला दिशा मुक्त घोषणा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।नगर भित्रका ११ वडा मध्ये ६ वटा वडा खुल्ला दिशा मुक्त घोषणा भइसकेको र वाकि ५ वटाको तयारी भइरहेको प्रमुख अधिकारीले वताउनु भयो ।जनसमुदाय आफै सजक भएकोले अव शौचालय बनाउन भनेर अनुरोध गर्न नपर्ने र आफैले शौचालय निमार्णमा सवै लागी परेको वताए । उनले भने– “शौचालय सवैलाई आवश्यक हो  त्यसैले सवैले यसको प्रयोग गर्नु पर्छ” । क्रमश वडाहरुलाई खुल्ला दिशा मुक्त घोषणा गरी यस नगरलाई सुन्दर र हरभरा गराउने योजना रहेको अधिकारीले वताए ।

खुल्ला दिशा मुक्त घोषणा गर्दै शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले वडामा रहेका १३ सय ४ घरधुरीमा पहिला ६ सय ६८ घरधुरी मा र अहिले ६सय ३६ घरधुरीमा शौचालय बनेको वताए । वडालाई खुल्ला दिशा मुक्त घोषणा गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

वडा अध्यक्ष सापकोटाले अवका दिनमा शौचालयको प्रयोग गरे नगरेको अनुगमन गरिने वताए । वडाका आगामी दिनमा पुर्णसरसफाई,सुरक्षीत खानेपानि,वालमैत्री स्थानिय शासन युक्त वडा,पुर्ण साक्षर,पुर्ण खोप युक्त वडा  लगाएतका कामलाई पुरा गर्ने जनाए ।कार्यक्रममा सुआहाराका प्रविधिक मास्टर दयाराम शर्मा,शिवराज नगरपालिकाका सरसफाई दुत महादेव पोख्रेल लगाएतले शौचालय निमार्ण गरेर मात्र नहुने प्रयोग गर्नुपर्ने वताए ।

युनिसेफको सहयोग कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, उपमेयर शिवकुमारी थारु,प्रशासकिय अधिकृत शेसकान्त पौडेल,इलाका प्रशासन चन्द्रौटा प्रमुख जगदिश अर्याल लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ