कर्णाली राजमार्ग अन्तगतको सुर्खेत जुम्ला सडक खण्डको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कर्णाली राजमार्ग अन्तगतको सुर्खेत जुम्ला सडक खण्डको ब"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको ग्रामीण सडक बनाउदा राजमार्ग अवरुद्ध

११ चैत्र २०७४, आईतवार ०७:३३

कालिकोट १०, चैत । जिल्लामा निर्माणाधिन शाखा सडकका कारण मुख्य राजमार्ग नै अवरुद्ध हुने गरेको छ ।


कर्णाली राजमार्ग अन्तगतको सुर्खेत जुम्ला सडक खण्डको बिभिन्न ठाउँबाट निर्माण गर्न लागिएका ग्रामीण सडकहरुका कारण मुख्य राजमार्ग नै अवरुद्ध हुँदै आएको हो ।

जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिकाकै एक दर्जन भन्दा बढी ठाँउहरुबाट अव्यवस्थित रुपमा निर्माणाधिन रहेका ग्रामीण सडकले कर्णाली राजमार्गमा सञ्चालन हुने यातायातका सानधनहरुले सास्ती खेप्ने गरेका छन् । खाँडाचक्र नगरपालिकाको ताडी बजारदेखी तिला कर्णाली बहुमुखी क्याम्पस जाने सडक, थानकोटदेखी बद्रीगाँउ जाने सडक, पोरीपाल्नीदेखी भर्ता जाने सडक, सुनार खोलादेखी ताडी जाने सडक, दाँहाँदेखी पिली जाने सडक, दाँहाँदेखी चुलीमालिका जजाने सडक, पिलीदेखी पाँखा जाने सडक लगायतका एक दर्जनभन्दा धेरै ठाँउहरुबाट निर्माण भईरहेको ग्रामीण सडक निर्माणका क्रममा आएको ढुङ्गा, माटोका ढिस्काले मुख्य राजमार्गलाई प्रभावित बनाएको छ ।

खाँडाचक्र नगरपालिका मात्र होईन, तिलागुफा नगरपालिकाका पनि विभिन्न भागबाट कर्णाली राजमार्गसँगै जोडिएर गाँउ तिर जाने सडकले पनि यातायात सेवालाई प्रभावित बनाएको छ । कर्णाली राजमार्गमा नियमित रुपमा पाँच बर्षदेखी गाडी चलाउदै आएका गाडी चालक विपिन विकले शाखा सडकका कारण पक्की सडकमा ढुँगा र माटोले भरिएकाले गाडी चलाउन निकै जोखिम बढेको बताए । उनले कालिकोट जिल्लामा मात्र दर्जनौँ ठाँउहरुमा सडक अवरुद्ध भएको र दैलेख र जुम्लाको खण्डमा पनि यस्तो समस्या रहेको उनले बताए ।

उनले भने, ‘कालिकोट जिल्लाको सदरमुकाम मान्म नजिकै ताडीमा त माथिबाट कति वेला पहिरो आउँछ थाहा छैन् । तिला कर्णाली बहुमुखी क्याम्पस जाने सडक निर्माणको काम रोकिएको बेला समेत ढुङ्गा र माटो खस्ने गरेको छ । ठुलो चट्टानमासडकको किनारको रेलिङ समेत ढुँगा र माटोले बिगारेको छ ।’ प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्लामा मात्र झण्डै ११–१२ वटा ठाँउहरुमा शाखा सडकका कारण मुख्य राजमार्ग जोखिम बढेकाले यसको समाधानका लागि सडक डिभिजन कार्यालय जुम्लालाई ताकेता गरेको जानकारी दिए ।

उनले आफुले सडक डिभिजन कार्यालय जुम्लाका प्राविधिकहरुलाई जिल्ला प्रशासनमा नै बोलाएर छलफल गरी ताकेताका लागि पत्र पठाएको बताए । उनले भने, ‘खाँडाचक्र नगरपालिकामा नै शाखा सडकका कारण मुख्य राजमार्ग बढी प्रभावित भएको छ ।’ उनले आफुले खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डेसँग समेत छलफल गरी यसको समाधान गर्न आग्रह गरेको बताए । सडक डिभिजन कार्यालय र स्थानीय तहको लापरवाहीका कारण कर्णाली राजमार्गमा चल्ने सवारी साधन तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य