कर्णाली राजमार्ग अन्तगतको सुर्खेत जुम्ला सडक खण्डको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कर्णाली राजमार्ग अन्तगतको सुर्खेत जुम्ला सडक खण्डको ब"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको ग्रामीण सडक बनाउदा राजमार्ग अवरुद्ध

२०७४, ११ चैत्र आईतवार ०७:३३

कालिकोट १०, चैत । जिल्लामा निर्माणाधिन शाखा सडकका कारण मुख्य राजमार्ग नै अवरुद्ध हुने गरेको छ ।


कर्णाली राजमार्ग अन्तगतको सुर्खेत जुम्ला सडक खण्डको बिभिन्न ठाउँबाट निर्माण गर्न लागिएका ग्रामीण सडकहरुका कारण मुख्य राजमार्ग नै अवरुद्ध हुँदै आएको हो ।

जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिकाकै एक दर्जन भन्दा बढी ठाँउहरुबाट अव्यवस्थित रुपमा निर्माणाधिन रहेका ग्रामीण सडकले कर्णाली राजमार्गमा सञ्चालन हुने यातायातका सानधनहरुले सास्ती खेप्ने गरेका छन् । खाँडाचक्र नगरपालिकाको ताडी बजारदेखी तिला कर्णाली बहुमुखी क्याम्पस जाने सडक, थानकोटदेखी बद्रीगाँउ जाने सडक, पोरीपाल्नीदेखी भर्ता जाने सडक, सुनार खोलादेखी ताडी जाने सडक, दाँहाँदेखी पिली जाने सडक, दाँहाँदेखी चुलीमालिका जजाने सडक, पिलीदेखी पाँखा जाने सडक लगायतका एक दर्जनभन्दा धेरै ठाँउहरुबाट निर्माण भईरहेको ग्रामीण सडक निर्माणका क्रममा आएको ढुङ्गा, माटोका ढिस्काले मुख्य राजमार्गलाई प्रभावित बनाएको छ ।

खाँडाचक्र नगरपालिका मात्र होईन, तिलागुफा नगरपालिकाका पनि विभिन्न भागबाट कर्णाली राजमार्गसँगै जोडिएर गाँउ तिर जाने सडकले पनि यातायात सेवालाई प्रभावित बनाएको छ । कर्णाली राजमार्गमा नियमित रुपमा पाँच बर्षदेखी गाडी चलाउदै आएका गाडी चालक विपिन विकले शाखा सडकका कारण पक्की सडकमा ढुँगा र माटोले भरिएकाले गाडी चलाउन निकै जोखिम बढेको बताए । उनले कालिकोट जिल्लामा मात्र दर्जनौँ ठाँउहरुमा सडक अवरुद्ध भएको र दैलेख र जुम्लाको खण्डमा पनि यस्तो समस्या रहेको उनले बताए ।

उनले भने, ‘कालिकोट जिल्लाको सदरमुकाम मान्म नजिकै ताडीमा त माथिबाट कति वेला पहिरो आउँछ थाहा छैन् । तिला कर्णाली बहुमुखी क्याम्पस जाने सडक निर्माणको काम रोकिएको बेला समेत ढुङ्गा र माटो खस्ने गरेको छ । ठुलो चट्टानमासडकको किनारको रेलिङ समेत ढुँगा र माटोले बिगारेको छ ।’ प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्लामा मात्र झण्डै ११–१२ वटा ठाँउहरुमा शाखा सडकका कारण मुख्य राजमार्ग जोखिम बढेकाले यसको समाधानका लागि सडक डिभिजन कार्यालय जुम्लालाई ताकेता गरेको जानकारी दिए ।

उनले आफुले सडक डिभिजन कार्यालय जुम्लाका प्राविधिकहरुलाई जिल्ला प्रशासनमा नै बोलाएर छलफल गरी ताकेताका लागि पत्र पठाएको बताए । उनले भने, ‘खाँडाचक्र नगरपालिकामा नै शाखा सडकका कारण मुख्य राजमार्ग बढी प्रभावित भएको छ ।’ उनले आफुले खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डेसँग समेत छलफल गरी यसको समाधान गर्न आग्रह गरेको बताए । सडक डिभिजन कार्यालय र स्थानीय तहको लापरवाहीका कारण कर्णाली राजमार्गमा चल्ने सवारी साधन तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते