2026-09-21 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ महिनामा दुई दर्जन बलात्कृत

चैत १४, काठमाडौं | 

ललितपुर: घटना १ 

चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्।

घटना २

बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा सुताएको, बालिकाको कपडा खोलिदिएको र आफ्नो कपडा खोलेको बालिकाले बताएकी छन्। प्रहरीले उनलाई पक्राउपछि अनुसन्धान गरिरहेको छ।

घटना ३

चैत ८ गते ललितपुरको बडीखेलमा सानुभाइ पहरी आफ्नै भान्जीको कोठामा चिया खाने निहुँ पारेर गए। चिया पकाउने भाँडो माझ्न लाग्दा उनले जबर्जस्ती तानेर भान्जीलाई ‘बाथरुम’भित्र लैजान खोजे। भान्जीले प्रतिकार गरिन्। त्यसक्रममा उनको कुर्ता च्यातियो र नङसमेत गाडियो। घटनाबारे सातदोबाटोस्थित प्रहरी वृत्तमा जाहेरी दर्ता भएको छ। 

आजको अन्नपूर्ण पोष्ट अगाडि लेख्छ- यसरी ललितपुरमा पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन्। अधिकांश घटनामा बालिका नै पीडित भएका छन्। सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालका अनुसार चैतमा मात्रै चार वटा करणीको जाहेरी दर्ता भएका छन्। उनले भने, ‘बालिका करणी गर्न खोजिएको घटना धेरै छन्।’ उनका अनुसार यस वर्ष सातदोबाटो वृत्तमा मात्रै सात वटा बलात्कारका घटना दर्ता भएका छन्।

चैतमा नै चार वटा बलात्कारका जाहेरी परेका छन्। तीमध्ये तीन घटनामा बालिका पीडित छन्। चैत ६ गते बागमती गाउँपालिका–४, प्युटारकी ७ वर्षीया बालिकालाई आफ्नै नाता पर्ने कृष्ण बमजनले करणी गर्न खोजेको आरोपमा पक्राउ गरी अदालतबाट थुना म्याद थपेर चापागाउँ प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ। घटनालगत्तै फरार बमजनलाई प्रहरीले मकवानपुरबाट समातेर ल्याएको थियो। चापागाउँ वृत्तका डीएसपी रवीन्द्र रेग्मीले उनीमाथि अनुसन्धान अघि बढेको जानकारी दिए।

रेग्मीका अनुसार सुनाकोठीमा ७ वर्षीया बालिकालाई ज्यामी काम गर्ने तराई मूलका एक व्यक्तिले फागुन अन्तिममा बलात्कार प्रयास गरेका थिए। चापागाउँ वृत्तको रेकर्डअनुसार गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परेका छन्। ‘कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन्’, रेग्मीले भने। उनका अनुसार ‘बेइज्जत हुने’ भन्दै कतिपय घटना आपसमा मिलाउने गरिएको छ। घटना बाहिर सार्वजनिक भइसकेपछि मात्रै प्रहरीकहाँ पुग्ने प्रवृत्ति देखिएको उनले बताए। खासगरी बढी उमेर समूहका बालात्कारका घटना लुकाउन पीडक र पीडितबीच मिलेमतो हुने गरेको छ। ‘करणीको मुद्दामा धेरैजसो बालिका पीडित भएको देखिएको छ’, उनको कथन थियो।

साउनयता जावलाखेल प्रहरी परिसरमा नौ वटा बलात्कारका घटना दर्ता भएका छन्। जावलाखेल प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले असार मसान्तयता नौ महिनामा ललितपुर जिल्लाभर २४ वटा बलात्कारका घटना भएको बताए। सातदोबाटो वृत्तका डीएसपी सिलवालले अचेल यौन दुव्र्यवहारका घटनालाई ‘जबर्जस्ती करणी उद्योग’ अन्तर्गत दर्ता गर्ने प्रचलन बढेको उल्लेख गरे। घटना ढाकछोप गर्नेभन्दा सम्बन्धित पक्षलाई सुझाव र परामर्शका माध्यमबाट न्यायका लागि उत्प्रेरित गर्ने गरिएको सिलवालले बताए। ‘कानुनी कारवाही हुने कुरामा विश्वस्त भएपछि बलात्कार र यौन दुराचारका घटना बाहिर आउन थालेका छन्’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो