Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १४ गते, बिहान ७:५२ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

पहिलो भारत भ्रमणका क्रममा ओली र मोदीबीच चर्काचर्की

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत १४, नयाँ दिल्ली | ८ फागुन २०७२ मा हैदरावाद हाउसमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक दुईपक्षीय वैठकमा भनाभन भयो । बिषय थियो : नेपालको संविधान । उक्त वैठकमा सहभागी कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए, ‘नेपालको संविधान समावेशी छ, लोकतान्त्रिक छ । कार्यान्वयनका क्रममा कमीकमजोरी देखिएछन् भने सच्याउँदै जाउँला।’&nbsp;<br></p><p>तर, मोदीले विदेश मन्त्रालयका अधिकारीले दिएको नोट हेरेर भनेका थिए, ‘प्रधानमन्त्री ओली, क्रिकेट मैदानभित्रबाट सबै कुरा सामान्य देखिन्छ, तर टेलिभिजनमा लाइभ हेर्नेहरुलाई कहाँ–कहाँ कमजोरी छ भन्ने थाहा हुन्छ । त्यस हिसाबले तपाईँको व्याख्या गलत छ । बेलैमा समस्याको समाधान गर्नुहोस् । यदि संविधान संशोधन भएन भने स्थायित्व प्राप्त हुने चाहना पूरा नहुनसक्छ ।’</p><p>ओली गुजरातको भुजमा जाँदा यादब समुदाय बाहुल्य गाउँमा पुगे । त्यहाँ उनले भाषण गरे, ‘यहाँका ६० प्रतिशत यादब हुनुहुन्छ भन्ने मैले सुनेको छु । हाम्रो टिममा पनि सांसद लालबाबु यादब हुनुहुन्छ । उहाँले संविधान बनाउनुभयो, संविधान जारी गर्ने राष्ट्रपति रामवरण यादब नै हुनुहुनछ ।’ ओलीले त्यसोभन्दा लालबाबु यादबले उठेर हात हल्लाए । भुजको यादब समुदायले ताली बजायो । जानकारका अनुसार संविधानका बारेमा मोदीलाई लक्षित गरेर ओली बोलेका थिए । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले परिस्थिति बदलिएको छ । तर, प्रधानमन्त्री ओली आधारभुत अडानबाट बाहिर गएका छैनन् । ओली होइन, परिस्थिति बदलिएको छ । बरु, प्रधानमन्त्री मोदीको अडानमा नरमपन छ ।’ – यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।</p>