Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १४ गते, बिहान ७:५८ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

सार्वजनिक बिदा व्यापक कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १४, काठमाडौं | सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।

यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।

गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको उक्त प्रस्तावअनुसार आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिने बिदा कटौती गरेको छ ।

त्यस्तै, हरेक वर्ष माघ १६ गते सहिद दिवसका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गर्ने प्रस्तावमा छ । गृहको प्रस्ताव आज (बुधबार) बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि लागू हुनेछ ।

कार्यालय खुल्ने र बन्द हुने समय

सरकारी कार्यालयहरू १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् । यसैगरी, १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।

कटौती प्रस्ताव गरिएका बिदा

दिवस :  गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस

चाड : घटस्थापना, द्वादशी  र कोजाग्रत पूर्णिमा

जयन्ती : रामनवमी र श्रीकृष्ण जन्माष्टमी

पर्व : जनैपूर्णिमा, ऋषिपञ्चमी (महिला कर्मचारीका लागि मात्र)

नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन । – यो खबर पुष्प ढुंगानाले आजको नयाँ पत्रिकामा लेखेका छन्।