२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट काठमाडौँ आउँदै गरेको जहाज दिल्लीमा अकस्मिक अवतरण

२०७४, १७ चैत्र शनिबार ०१:५०

चैत १७, काठमाडौं | नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो ।

चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिर्वतन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्यो ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधि समस्या भएर होला ।

तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मारेङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो । 

जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरुलाई दुर्व्यवहार गर्न सुरु गरे । 

सम्बद्ध स्रोतले भन्यो, नौ नम्बर सीटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याएदिने मात्र नभई सँगै आएको साथीलाई हातपात समेत गरे । 

त्यतिले नपुगेर जहाजकी एक एयर होस्टेजलाई घचेडेर झन्डै पछारिदिएका थिए । 

रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि हजाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्दले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए । 

त्यसपछि सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइदिए । 

चालक दलका एक सदस्यले आफ्नो नाम नबताउने सर्तमा भने, रतेलले यतिसम्म बबाल गरे कि, उनलाई काठमाडौंसम्म ल्याउन सक्ने अवस्थै रहेन । 

त्यही जहाजमा रहेका केही यात्रुका अनुसार, रतेलले जहाज चढ्नुअघि नै दुबईमा मदिरा पिइसकेका थिए । निगमले भने यो रुटमा यात्रुलाई खानाबाहेक मदिरा दिने गरेको छैन । 

- यो समाचार आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट