पढ्न करिब 1 मिनेट लाग्छ

चैत १७, काठमाडौं | नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती निभाउनु परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए ।

बत्ती बन्द नगरी सडक खाली गर्न नसकिने भएकाले यस्तो गर्नुपरेको उनले बताए । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।