३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पपीडितलाई थप १ लाख दिने देउवा सरकारले हल्ला मात्र गरेको खुलासा

१९ चैत्र २०७४, सोमबार ०२:२४

चैत १९, काठमाडौं | शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडित र वाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ । गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट वढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । 

तर मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख छैन । मुख्य सचिव लोकदर्शन रेग्मीले पनि घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरेका हुन् ।

मन्त्रिपरिषद्का सबै निर्णय सरकारको वेबसाइडमा राखिन्छन् । तर भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट वढाएर ४ लाख पुर्याउने र वढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भनेर देउवा सरकारले गरेको हल्ला सरकारी वेबसाइडमा छैन ।

‘मन्त्रिपरिषद्का सबै निर्णय सरकारको वेबसाईडमार्फत सार्वजनिक गरिन्छ,’ मुख्यसचिव रेग्मीले भने, ‘भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो पनि वेबसाइडमै हुन्छ, त्यहीँ हेर्नुस् । त्यहाँ छैन भने कुनै निर्णय भएको छैन भनेर बुझ्नुस् ।’ – यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली