Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत २२ गते, बिहान ७:३८ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

यातायात व्यवसायीको सिन्डिकेट तोडिदैः अब देशभरी रुट पर्मिट सहजै पाइने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, काठमाडौँ | यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम बलियो देखिएको छ। काठमाडौं बनेपा रुटमा मयूर यातायातलाई पर्मिट दिएसँगै त्यहाँ सञ्चालित विभिन्न ११ समितिले बस नचलाई विरोधमा उत्रिएपछि सरकारले उक्त रुटमा नयाँ कम्पनीलाई रुट दिन थालेको छ।

बुधबार काठमाडौं बनेपा रुटमा पाँच नयाँ कम्पनीलाई रुट पर्मिट दिइएको हो।

सरकार देशभरका जुनसुकै रुटमा पनि प्रक्रिया पुर्याएर रुट पर्मिट लिन इच्छुक सबैलाई दिइने नीति लिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।

बुधबार सरकारले शिव दर्शन यातायात प्रालि, सिटीमेट्रो यातायात प्रालि, साझा यातायात, अन्नपूर्ण यातायात प्रालि र मध्यउपत्यका यातायात प्रालिलाई रुट पर्मिट दिएको छ। बुधबार देखि नै त्यो रुटमा नयाँ यातायात चल्न थालेका छन्। – आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्।