५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन र सम्पत्तिले सम्बन्ध टुक्रँदै: विदेश जाँदा एउटा सपना, फर्किएपछि पीडा मात्रै !

२३ चैत्र २०७४, शुक्रबार ०२:१०

चैत २३, काठमाडौं | नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले। सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए। शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले।

अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुगिन्। दुई बच्चा बोकेर प्रहरी शरणमा पुगेकी शान्तिले अर्जुन र आफूबीच कानुनी विवाह नभए पनि सँगै बस्दा बालबच्चा जन्मेको इतिवृत्तान्त बताइन्। विवाहको प्रमाण नहुँदा प्रहरीलाई अर्जुनबाट केही सम्पत्ति शान्तिलाई दिलाउन धेरै मिहिनेत गर्नुपर्‍यो।

अर्जुन र शान्तिजस्ता लिभिङ टुगेदरमा बसेका धेरै जोडी वैवाहिक सम्बन्ध कायम गराउन भन्दै प्रहरीमा धाउने क्रम बढेको छ। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पछिल्लो समय लिभिङ टुगेदर ठूलै समस्याका रूपमा देखा परेको बताए।

कालिमाटीस्थित केन्द्रमा अरू थुप्रै उजुरी एवं गुनासो आउने गरेको छ। खासगरी विदेशमा केही वर्ष काम गरेर फर्केका युवाले यस्तो समस्या लिएर आउने गरेको एएएसपी पोखरेलले जानकारी दिए।

अफगानिस्तानमा पाँच वर्ष बसेर नेपाल फर्केका कालिमाटीका श्याम (नाम परिवर्तन) डेरा फर्कंदा पत्नी र दुई बच्चा फेला पारेनन्। उनले प्रहरीमा बुझाएको पैसाको पठाएको विवरण हेर्दा झन्डै करोड रुपैयाँ बराबर देखिन्छ। तर, अहिले उनीसँग एक पैसा पनि छैन। पत्नी अर्कै केटासँग विवाह गरेर बसेकी छन्। परिवारको भविष्य उज्ज्वल बनाउन खाडीमा वर्षौं बिताएका श्याम अहिले पछुताइरहेका छन्।

एसएसपी पोखरेलका अनुसार श्यामका जस्तै समस्या लिएर दिनहुँ युवा प्रहरीमा धाउँछन्। उनले भने, ‘विदेश जाँदा एउटा सपना र खुसी हुन्छ, फर्किएपछि पीडा मात्रै देखिन्छ युवामा। यो समस्या अहिले जटिल बन्दै गएको छ।’

अझ डरलाग्दो विषय त परपुरुषसँग शारीरिक सम्पर्क राखेर फोटो र भिडियो खिचेपछि बार्गेनिङका लागि बलात्कार गर्‍यो भन्ने घटनासमेत अहिले काठमाडौंमा व्यापक देखिएको छ।

प्रहरीका अनुसार गोंगबुस्थित एक गेस्ट हाउसमा जानकी र कौशल (नाम परिवर्तन) ले सहमतिमै यौनसम्पर्क राखे। उनीहरू दुवैको जीवनसाथी भने फरक-फरक छन्। आफैं हेर्ने र डिलेट गर्ने सर्तमा शारीरिक सम्पर्क गर्दाको फोटो र भिडियोसमेत उनीहरूले खिचे। भिडियो कौशलले तत्कालै डिलेट गरे तर जानकीले गरिनन्। विस्तारै जानकीले कौशलसँग पैसा माग्न थालिन्। भनेको समयमा भेट्न नपाएपछि उनी प्रहरीमा पुगिन्। आफूलाई फकाएर शारीरिक सम्पर्क गरेको र पछि धम्क्याउन थालेको भन्दै जानकीले कौशलविरुद्ध उजुरी हालिन्। महिला तथा बालबालिका सेवा केन्द्रले यो घटना अनुसन्धान गर्न परिसरलाई पठायो।

झापा घर भएर काठमाडौं बस्ने रीता (नाम परिवर्तन) ले श्रीमान् नभएका बेला अर्कै युवासँग शारीरिक सम्पर्क गरेको भिडियो खिचिन्। खाडी मुलुकमा पुगेका श्रीमान् दुई वर्षपछि फर्केर रीताको मोबाइल हेर्दा भिडियो र फोटो देखेपछि उनी मूर्छित बने। पत्नीसँग पारपाचुकेका लागि उनी प्रहरीमा पुगे।

यस्ता उजुरी निम्न परिवारदेखि संभ्रान्त परिवारबाट आउने गरेको केन्द्रले जनाएको छ। बर्दियाका एक व्यवसायी दम्पतीको सम्बन्ध राम्रै थियो। दुवैले छुट्टाछुट्टै कार चढ्थ्ये। पत्नीका नाममा पनि केही सम्पत्ति राखिदिएका ती व्यवसायी एकाएक प्रहरीमा पत्नीविरुद्ध उजुरी दिन पुगे। उजुरीमा पत्नी गाडी चालकसँग भागिन् भन्ने थियो। दुवै जना सहमतिमा भागेपछि प्रहरीले के नै गर्न सक्थ्यो र ! व्यवसायीले केहीसीप नलागेपछि पारपाचुके गरे।

केन्द्रका अनुसार साउनदेखि फागुनसम्म मानव बेचबिखनका चार वटा, बहुविवाहका १७ वटा, घरेलु हिंसाका २० वटा, जबर्जस्ती करणीका ८९ वटा, घरायसी ६ सय वटा र लैंगिक हिंसाका एक सय २० वटा उजुरी दर्ता भएका छन्। घरभित्रै मदिरा सेवन गरेर श्रीमान्/श्रीमतीबीच कुटाकुटका घटना पनि प्रहरीमा आउने गरेका छन्।

परिसर प्रमुख एसएसपी पोखरेलले पैसा र सेक्ससँग जोडिएका कहाली लाग्दा घटना प्रहरीमा आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘कति घटना त सोच्दै नसोचेका पनि भेटिन्छन्। कोही पैसाका लागि त कोही सेक्सका लागि सम्बन्ध गाँस्ने र पछि उद्देश्य मेल नखाएपछि बार्गेनिङ गरेका घटना पनि छन्।’ – आजको अन्नपूर्णमा सुवास गोतामेले समाचार लेखेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने