चैत २३, काठमाडौं | महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् ।
प्रहरीको मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् ।
सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको छ । – राजधानी दैनिक