२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै, अख्तियार संयन्त्र सुस्त

२०७४, २४ चैत्र शनिबार ०२:०९

चैत २४, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ । 

प्रदेश  र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सुक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सचिवबाट भएका भ्रष्टाचारका उजुरी दैनिकजसो अख्तियारमा आउन थालेका छन् ।

निर्वाचन भएको एक वर्ष नपुग्दै स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै परेका उजुरीको चाङ अख्तियारमा लागे पनि अहिलेसम्म उजुरीमाथि छानबिन र दोषीमाथि कारबाही भएको छैन ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले स्थानीय तहमा अध्यक्ष र सचिवले भ्रष्टाचार गरेको भन्दै उजुरीहरू परेको स्वीकार्दै अनुसन्धान थालिसकेको बताए । अख्तियारको विद्यमान संरचनाले पनि प्रदेश र स्थानीय तहमा अनुसन्धान गर्न सक्ने दाबी उनले गरे । स्थानीय तहमा करिब ३५ हजार र प्रदेशमा ३३० जनप्रतिनिधिसहित निजामती कर्मचारी कार्यरत छन् । 

प्रवक्ता मैनालीले भने, 

-अख्तियारको वर्तमान संरचनाले काम गर्न सक्ने भए पनि सात प्रदेशमा आयोगको निर्वाह गर्नुपर्ने भूमिकाबारे तीन महिनादेखि अध्ययन भइरहेको छ ।

-ओ एन्ड एम (संगठन र व्यवस्थापन) सर्बे मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

- नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ