2026-09-21 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भारतले चिनीयाँ लगानीको बिजुली नकिन्ने’

चैत २४, काठमाडौं | प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् ।

शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समाचार छापेको छ ।

इन्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीको तस्बिरसहितको समाचार प्रथम पृष्ठमा छापेको छ । 

इन्डियन एक्सप्रेसले इफ चाइना बुल्ड युअर ड्याम, यन्डिया उड नट बाई इनर्जी शीर्षक दिएर एक कोलमको समाचार लेखेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीसँगको भेटमा आयोजना निर्माणका लागि चीनलाई बाँध बनाउन दिनसक्ने तर त्यस्तो आयोजनाबाट उत्पादन हुने बिजुली भारतले किन्न नसक्ने बताउने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा दिल्ली र बेइजिङको तानातानको विषय पनि समाचारमा उल्लेख छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई दिने निर्णय भएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो निर्णय रद्द गरिएको अखबारले उल्लेख गरेको छ । 

शुक्रबार द हिन्दु र टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता छापेका छन् । द हिन्दुमा ‘नेपाल ऋण पासोबाट डराएको छैनः ओली’ शीर्षकमा पहिलो पेजमा समाचार छापेको छ भने भित्री पेजमा अन्तर्वाता दिइएको छ ।

टाइम्स अफ इन्डियाले प्रधानमन्त्रीको भनाइलाई पहिलो पेजमा राख्दै भित्री पेजमा अन्तर्वार्ता छापेको छ । – आजको नागरिक दैनिकमा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो