2026-09-21 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको भ्रमणपछी भारतीय सञ्चार माध्यमले गरे यस्ता टिप्पणी

चैत २६, नयाँदिल्ली | प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च प्राथमिकतासाथ कभरेज गरेका भारतीय अखबारहरूले चीनलाई भारत सरकारको कूटनीतिक जवाफबारे उल्लेख गरेका छन् ।

‘गत वर्ष नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बेइजिङ भ्रमणका बेला तिब्बत हुँदै सीमासम्म रेल सञ्जाल विस्तार गर्न आवश्यक प्राविधिक काम थाल्न नेपाल र चीनबीच भएको सहमतिको जवाफमा भारतका तर्फबाट पछिल्लो सहयोगको घोषणा भएको हो,’ भारतीय दैनिक ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ ।

नेपालको राजनीतिक परिवर्तन, निर्वाचन सफलतालगायत उपलब्धिप्रति खुसी व्यक्त गर्दै मोदीले नेपाली समकक्षी ओलीबाट मुलुकको राजनीतिक तथा आर्थिक विकासका क्रममा समाजका सबै तप्कालाई साथमा लिने आशा व्यक्त गरेको विदेश मन्त्रालयका सचिव विजय गोखलेलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ । भेटघाटका क्रममा मोदीले ‘सामाजिक न्याय’ र ‘सामाजिक एकता’ मा समेत जोड दिएको समाचारमा उल्लेख छ । – कान्तिपुर दैनिकबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो