2026-09-21 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९५० को सन्धिसहित सबै विवादित विषय टुंग्याउने तयारी

चैत ३०, काठमाडौँ | नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को आठौँ बैठक दिल्लीमा सुरु भएको छ । शुक्रबार सम्पन्न हुने बैठकबाट १९५० को सन्धि, नेपाल–भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको छ । इपिजीले सदस्यहरूको सानो टिम बनाएर अहिलेसम्म तयार प्रारम्भिक प्रतिवेदन टुंग्याउने जिम्मा दिँदै छ । यो खबर पर्शुराम काफ्लेले आजको नयाँ पत्रिकामा लेखेका छन्।

‘सबै विषयमा छलफल भइरहेको छ, विचारको आदान–प्रदान भइरहेको छ,’ दिल्लीबाट इपिजी नेपालका संयोजक डा. भेषबहादुर थापाले नयाँ पत्रिकासँग भने । उनले यो बैठकबाट धेरै विषय टुंगिने पनि बताए । भारततर्फका संयोजक भगतसिंह कोस्यारीले पनि छलफल सकारात्मक रूपमा अघि बढेको प्रतिक्रिया दिए ।

गत शनिबार प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा भएको औपचारिक वार्तामा १९५० को नेपाल–भारत सन्धिबारे छलफल भएको थियो । प्रधानमन्त्री ओलीले इपिजीले आगामी असारसम्म २१औँ शताब्दीको यथार्थबोध हुने प्रतिवेदन दिने र कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेका थिए ।

मोदीले त्यसमा सहमति जनाएका थिए । बैठकमा १९५० को सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनको मुद्दा टुंग्याउने गरी नेपालले राखेको प्रस्तावमा भारतीय पक्षले सहमति जनाएको छ । बैठकमा नेपालबाट डा. भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल