२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कंगोबाट ल्याइएको सुटकेस जिल्ला अदालत काठमाडौंबाट कसले पार्यो गायब ?

२०७५, ३ बैशाख सोमबार ००:५३

बैशाख ३, काठमाडौं | कंगोबाट संरक्षित वन्यजन्तु सालकको खबटा लुकाएर काठमाडौं ल्याइएका ६ वटा सुटके जिल्ला अदालत काठमाडौंबाट गायब पारिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाले लेख्नुभएको छ ।

सालकका खबटा भने प्लास्टिकको झोलामा राखेर जिल्ला वन कार्यालय, काठमाडौं ल्याइएको छ । सुटकेससहित समातिएका दुई चिनिया नागरिक पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा छन् । गत माघ १५ मा टर्किस एयरलाइन्स (टीके ०७२६) इस्तानबुलबाट काठमाडौं आएका चिनिया नागरिकद्वय ३८ वर्षीय क्यु गोरुङ र ३३ वर्षीय क्यु लिबाओ विमानस्थल भन्सार कार्यालयको रेड च्यानल क्षेत्रको एक्स–रमा जांचको क्रममा ६ थान सुटकेस (लगेज) सहित पक्राउ परका थिए । सुटकेस खोलेर हेर्दा संरक्षित सूचीको सालकको खबटा (आखेटोपहार) प्लास्टिकमा पोको पारेर राखिएको फेला परपछि उनीहरूलाई पक्राउ गरी वन कार्यालय, काठमाडौंको जिम्मा लगाइएको थियो।

वन कार्यालयले सरकारी वकिलको निर्णयअनुसार बरामद सुटकेस र सालकको खबटासहित दुवै जनालाई जिल्ला अदालत, काठमाडौंमा पेस गरको थियो । जिल्ला अदालतले चिनियालाई पुर्पक्षका लागि थुनामा पठायो भने उनीहरूबाट बरामद खबटा प्लास्टिकमा पोको पारेर वन कार्यालय, काठमाडौंको जिम्मा लगायो । र यस बिषयमा मुद्धा दायर भयो । 

तर अन्तिम फैसला नहुन्जेल बरामद सबै सामान सुरक्षित राख्नुपर्नेमा बीचमै सुटकेस गायब पारिएको भन्दै वन विभागले महान्यायाधिवक्ता अग्नि खरलसमक्ष जानकारी माग्दै पत्राचार गरको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से