१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’ !

४ बैशाख २०७५, मंगलवार ०२:४६

बैशाख ४, काठमाडौँ | महिला र पुरुष दुवैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर, उनीहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली फरक छ । महिलालाई ‘तिमी’ र ‘बहिनी’ सम्बोधन गरिन्छ भने पुरुषलाई ‘तपाईं’ र ‘सर’ ।

कार्यालय क्षेत्रमा महिला कर्मचारी भएको हेक्का नै नगरी यौनजन्य भाव प्रकट हुने शब्द बोल्ने, ठूलो स्वरमा अश्लील भिडियो लगाएर सुन्ने, कुनै पुरुष मित्रसँग अलि नजिक भएर बोल्यो भने चरित्रमाथि शंका गर्ने परिपाटी पनि छँदै छ । यसले महिला कर्मचारीमाथि मानसिक तनाव सिर्जना गरेको छ, उनीहरू खुलेर कार्यालय क्षेत्रमा सम्बन्ध विस्तार गर्नसमेत हिच्किचाउँछन् ।

यी हुन्, वन क्षेत्रमा काम गर्ने महिला कर्मचारीले खेपेका सुन्दा साधारण लाग्ने तर यौनहिंसाअन्तर्गत पर्ने समस्या । पछिल्लो समय महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न केही पहल भएका छन् । दुई वर्षदेखि महिला वन प्राधिकरण सञ्जालले थालेको हिंसाविरुद्धको अभियान यस्तै पहल हो । उनीहरूले दुई वर्षको अवधिमा झन्डै एक दर्जन क्षेत्रमा पुरुष र महिला कर्मचारीलाई सँगै राखेर आफूमाथि भएका हिंसा पहिचान गर्ने विषयमा कार्यशाला गोष्ठी सञ्चालन गरेका छन् । सञ्जालले दुई वर्षमा विभिन्न जिल्लामा गोष्ठी गरिसकेको सहायक वन अधिकृत दीपा ओलीले बताइन् ।

यो अनौपचारिक सञ्जालमा झन्डै तीन सय महिला कर्मचारी छन् । सञ्जालले गोष्ठीजस्ता कार्यक्रमका साथै सामाजिक सञ्जालमार्फत पनि सचेतना जागृत गराउने गरेको छ ।

केन्द्रीय वन तालिम तथा प्रसार केन्द्र प्रमुख राधा वाग्लेले कार्यालय क्षेत्रमा महिलामैत्री वातावरण सिर्जना गराउन यस्तो अभियान आवश्यक रहेको बताइन् । ‘वनक्षेत्र अरूभन्दा बढी संवेदनशील हो,’ उनले भनिन्, ‘फिल्डमा समेत खटिनुपर्दा महिलाले थुप्रै समस्या झेल्नुपरेको छ ।’ सुरुमा महिला हिंसा छैन भनिएका ठाउँमा पनि डरलाग्दो अवस्था पाइएको उनले बताइन् । उनका अनुसार शारीरिक र मानसिक हिंसासँगै आत्मसुरक्षाको समस्यासमेत भेटिएको उनले जानकारी दिइन् ।

सहायक वन अधिकृत शोभा सुवेदीसँग २८ वर्ष लामो कार्य अनुभव छ । यो अवधिमा उनले कार्यालयमा महिला र पुरुषलाई गरिने व्यवहार फरक पाएकी छन् । ‘त्यही पुरुषलाई तपाईं भनिन्छ भने म महिला भएकै कारण किन तिमी र बहिनी ?’ उनले भनिन्, ‘देख्दा सामान्य लाग्ने यस्ता घटना गहिरो अर्थमा विभेद र हिंसा नै हो भन्ने लाग्छ ।’,यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ