२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाज निकाल्न जम्मा चार मिनेट ! यस्तो छ १३ घण्टासम्म विमानस्थल बन्द हुनुको कारण

२०७५, ८ बैशाख शनिबार ०३:५०

वैशाख ८, काठमाडौं | मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट समय लाग्यो । 

यो घटनामा सबैको एउटै चासो– ‘चौरमा धस्सिएको जहाज निकाल्न चार मिनेट लाग्ने रहेछ, अनि किन विमानस्थल पुनः सञ्चालन गर्न साढे १३ घन्टा लाग्यो ?’‘हो, त्यही चार मिनेटको काम फत्ते गर्न हामीलाई त्यति धेरै समय लाग्न पुग्यो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले शुक्रबार नागरिकसँग भने, ‘असाध्यै संवेदनशील काम भएका कारण जहाजको अगाडिको पांग्रा रहेको भागमा फलाम पाता राख्न खन्नेदेखि इन्जिन जोगाउन वरिपरि खाल्डो खन्नेसम्मका काम गर्न घन्टौं लाग्यो।’

उनका अनुसार जहाज धावनमार्गबाट चिप्लिएर कोटेश्वर (दक्षिणपट्टि) ‘थ्रेसहोल्ड’ क्षेत्रबाट करिब ५० मिटर पर चौरमा पुगेर धस्सिएको थियो । घटनालगत्तै विमानस्थल व्यवस्थापनले जहाज बाहिर निकाल्ने काम सुरु गरेको थियो । विमानस्थल, नेपाली सेना, नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी जहाज बाहिर निकाल्न लागिपरेका थिए ।

‘बिहीबार रातिदेखि नै काम सुरु गरे पनि वर्षाका कारण काम रोकिन पुग्यो,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘पानी परेपछि चौर पनि हिलाम्मे भयो र काम अगाडि बढाउनै सकिएन । त्यसपछि एकैचोटि शुक्रबार बिहानमात्र काम सुचारु गर्‍यौं।’

मलेसियाको सस्तोमा उडान गर्ने निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी मालिन्दो एयरको ‘बि७३७–९००ईआर’ सिरिज र कलसाइन ‘ओडी–एलएनजे’ भएको उक्त जहाज चालकदलसहित १ सय ३९ जना बोकेर काठमाडौंबाट बिहीबार राति १० बजेर ७ मिनेटमा धावनमार्गमा कुदिरहेको थियो।

‘तीव्र गतिमा कुदिरहेको जहाजको ‘ककपिट’ को ‘डिस्प्ले’ मा प्राविधिक समस्या देखिएपछि जहाज रोक्नैपर्ने अवस्था आयो र बाध्य भएर ब्रेक लगायौं,’ चालकदलको भनाइ उद्धृत गर्दै विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने, ‘समस्या देखिएपछि जहाज उडाउनु गम्भीर हुनसक्ने भएका कारण ब्रेक लगायौं तर जहाज अनियन्त्रित भएर धावनमार्ग बाहिर पुग्यो।’

जहाज ‘गम्भीर दुर्घटना’ हुनबाट जोगिएको छ । त्यसमा सवार यात्रु र चालकदल सबै सकुशल छन् । जहाजमा कुनै क्षति पुगेको छैन । यी सुखद खबर भए पनि विमानस्थल व्यवस्थापनको टाउको दुखाई तब सुरु भयो जब उक्त जहाजलाई चौरबाट धावनमार्गमा निकाल्न १३ घन्टाभन्दा बढी समय लाग्यो।मालिन्दोको जहाजका कारण तत्कालका लागि विमानस्थल बन्द गरिएपछि यहाँबाट उडान भर्न ठिक परेका नेपाल वायुसेवा निगम, कतार एयरवेज, जेट एयरवेज, हिमालय एयरलाइन्ससहित ६ र अवतरण गर्न आइरहेका चाइना साउदर्न एयर, मलेसिया एयरलाइन्स, जेट एयरवेजसहित चार अन्तर्राष्ट्रिय वायुसेवाका जहाज समस्यामा परेका थिए।

‘उड्नुपर्ने जहाज यहीँ रोकिए भने अवतरण गर्न आएका अन्य देशका विमानस्थलतिर डाइभर्ट भए,’ त्रिभुवन विमानस्थलका सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘जेट एयरवेज नयाँदिल्ली र मलेसिया एयरलाइन्स बंगलादेशको ढाका डाइभर्ट भए।’

ठाकुरका अनुसार बिहीबार रातिदेखि विमानस्थल पुनः सञ्चालनमा आउनुअघिसम्म करिब २० अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका थिए । मालिन्दोको जहाजलाई बाहिर निकाल्न नेपाल वायुसेवा निगमका दुईथान ‘टो बार’ गाडीमा फलामको डोरी (लठ्ठा) बाँधेर तानिएको थियो।

शुक्रबार बिहान पनि वायुसेवा निगम, हिमालय, कतार र जेटका जहाजको उडान तालिका भए पनि मालिन्दोको जहाज हटाउन नसकिएका कारण समयमै उड्न सकेनन्। टर्कीबाट आइरहेको टर्किस एयरलाइन्सको जहाज पनि धेरैबेर ‘होल्ड’ गरेको थियो।शुक्रबार बिहान २ हजार ५ सय मिटर धावनमार्ग खोलेर आन्तरिक उडान सञ्चालन गरिएको थियो । मालिन्दोको जहाज धावनमार्गबाट ५० मिटर दक्षिणपट्टि चौरमा भए पनि सुरक्षाका कारण पूरै धावनमार्ग नखोलिएको ठाकुरले जानकारी दिए। – यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो