2026-09-21 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूलाई महेन्द्रसँग दाँजेपछि ओलीले भने– नेपालका बुद्धिजीवी मुसा जस्तै

वैशाख ११, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी समुदायमाथि प्रहार गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले बुद्धिजीवीहरुमाथि तीखो प्रहार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले देशको विकास र समृद्धिको कुरा गर्दा तत्कालीन राजा महेन्द्रसँग दाँजिएको भन्दै रोष प्रकट गरे । ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ। मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन्’ ओलीले भने, ‘मैले रारा तालबाट देशबासीलाई सम्बोधन गर्दा पनि राराताललाई ‘महेन्द्र ताल’ भनेको सुनेँ, नेपालका बुद्धिजीवी पनि अचम्मका देखेँ मैले ।’

देश र समाजका अगुवा भनिने बुद्धिजीवीहरुले आफ्ना नीति तथा कार्यक्रमबारे हाँसोको विषय बनाएकोमा पनि उनले आपत्ति जनाएका छन् । ‘मैले रेल कुदाउने, केबल कार चलाउने र समुद्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउने कुरा गर्दै आएको छु’ ओलीले भने, ‘विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन् ?’

ओलीले नेपालका बुद्धिजीवीलाई मुसासँग तुलना गर्दै देशविरुद्ध लाग्न उनीहरुले दाँतमा धार लगाएको बताए। ‘नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ। ससुराली जान लागेको जुवाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ, मुसाले त कुरो बुझ्दैन’ ओलीले भने, ‘नेपालका बुद्धिजीवी त देशैविरुद्ध दाँतमा धार लाउँछन्, विश्वविद्यालयको सर्टिफिकेट ल्याएर मात्रै बुद्धिजीवी होइन्न । राम्रो कामको समर्थन पनि गर्न सक्नुपर्छ।’ 

–  यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। – यो समाचार आजको अन्नपूर्ण पोष्टबाट लिईएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी