२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

२०७५, १७ बैशाख सोमबार ०५:२८

वैशाख १७ रोल्पा | भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । 

पढ्ने उमेरका बालकले इँटाभट्टामा काम गरेको देखेपछि उद्धार गरी रोल्पा नगरपालिकाको रोहवरमा आफन्तको जिम्मा लगायौँ बाल विकास समाज भक्तपुरका बाल संरक्षण अधिकृत भरत थापाले भन्नुभयो । 

बालश्रम गरिरहेका बालकलाई बाल विकास समाज भक्तपुरले उद्धार गरेसँगै आफूहरूको रोहवरमा बालकका अभिभावकलाई जिम्मा लगाइएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । बालक दीपकलाई बुबा गोपाल डाँगी र सुवासलाई आमा दिलपुरा डाँगीको जिम्मा लगाइदियौँ प्रमुख केसीले भन्नुभयो । 

गत चैतमा भएको कक्षा ४ को अन्तिम परीक्षा दिएका उनीहरू लहलहैमा इँटाभट्टा पुगेको बताइएको छ । बालकका दिदीहरू सोही इँटाभट्टामा काम गर्ने भएकाले उनीहरू पनि भागेर त्यहाँ पुगेको नगर प्रमुख केसीले बताउनुभयो । उद्धारसँगै उनीहरूलाई विद्यालय भर्ना गरिने बताइएको छ । 

विगतमा नगरपालिकाभित्रबाट इँटाभट्टामा जाने बालबालिकाको संख्या धेरै रहे पनि पछिल्ला दिनमा यो संख्या कम हुँदै गएको नगर प्रमुख पूर्ण केसीले बताउनुभयो । आर्थिक अभावका कारण इँटाभट्टामा जाने र साथीभाइको लहलहैमा भागेर इँटाभट्टामा जाने गरी दुईथरिका बालश्रमिक रहेका छन् । 

आर्थिक अभावका कारण इँटाभट्टामा बालश्रम गर्ने रोल्पाली बालबालिकाको संख्या ४०० बढी रहेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा