पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २०, काठमाडौं | आकाशे पानीको भरमा गरिने रोपाई र अन्य खेतीपातीको लागि आगामी मनसुन फलदायी बन्ने भएको छ ।

यस बर्षको मनसुनमा मुलुकभर औसत पानी पर्ने प्रक्षेपण गरिएको छ । समाचारमा लेखिएको छ, सरदर बर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई औसत बर्षा मानिन्छ ।

सो भन्दा कम र बढी बर्षा भएमा मौसमविदहरु न्यून वा अधिक बर्षाका रुपमा बुझ्ने गर्छन् ।

विश्व मौसम संगठनको अगुवाइमा सास्कोपले हरेक बर्ष मनसुन शुरु हुनुभन्दा एक महिना अगावै दक्षिण एसियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको छ ।

साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको ४ महिनाको अवधिलाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ । – आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।