२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे ३३ किलो सुन काण्डमा यस्ता सात प्रश्न अनुत्तरित

२०७५, २० बैशाख बिहीबार ०३:०२

वैशाख २०. काठमाडौं | ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । सुन प्रकरणमा सात अनुत्तरित प्रश्न आजको नयाँ  पत्रिकाले छापेको छ ।

के के छन् सात अनुत्तरित प्रश्न ? 

१. गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरूमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन ।

२. विमानस्थलमा प्रहरी मात्र होइन, भन्सार, अध्यागमन, गुप्तचरजस्ता सुरक्षा संयन्त्र हुन्छन् । ती संयन्त्रमाथि छानबिन भएन । जबकि, यसअघि सिआइबीका तत्कालीन प्रमुख नवराज सिलवालको नेतृत्वले ३३ किलो सुन बरामद गर्दा प्रहरीका एसएसपी श्याम खत्री मात्र होइन, भन्सार अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्निसियन राज ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ र गंगा भुर्तेल पक्राउ परेका थिए ।

३. साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार चूडामणि उप्रेती गोरे २० पुस ०७३ मा बरामद भएको ३३ किलो सुन तस्करीका पनि फरार अभियुक्त हुन् । तर, अध्यागमनको रिपोर्टअनुसार त्यसपछि पनि गोरे विमानस्थलबाटै पटक–पटक विदेश आवतजावत गरेको देखिन्छ । फरार अभियुक्त विमानस्थलबाट आवतजावत गर्दा अध्यागमन र गुप्तचरले के हेरे ? यो विषयमा छानबिन छैन ।

४. एयरलाइन्सका कर्मचारी पनि तस्करीमा संलग्न हुने गरेका घटना यसअघि पनि आएका छन् । तर, यसपालि पनि तल्लो तहका कर्मचारी मात्र कारबाहीको दायरामा आए । माथिल्लो तहमाथि छानबिन भएको छैन ।

५. विमानस्थल सुरक्षाका लागि नेपाल प्रहरीको तर्फबाट डिआइजीको कमान्डमा ३ सय ७ प्रहरी कर्मचारी खटिन्छन् । विमानस्थलको प्रत्येक स्थान र जहाजसम्मै पुग्ने अनुमति उनीहरूलाई हुन्छ । कर्मचारी हिँड्ने मार्गमा सिसिक्यामेरा हुन्छ । कर्मचारी आउने बाटोबाट सुन बाहिर ल्याइएको हो भने सामान बोकेर आइरहेका कर्मचारी वा प्रहरीलाई सिसिक्यामेरा मोनिटर गर्ने प्रहरीले किन देखेनन् ? यस विषयमा पनि छानबिन भएको छैन ।

६. सुन बाहिर ल्याउने काम थाई एयरवेजका कर्मचारी सानु बनले गरेको भनिएको छ । केही दिनपछि उनी विमानस्थलभित्रै दगुर्दै गएर इन्धन ट्यांकरमा ठोक्किएको भिडियो सिसिक्यामेराले खिचेको छ । तर, त्यस्तो अस्वाभाविक मृत्यु वा आत्महत्याबारे तत्कालै किन छानबिन भएन ? यस विषयमा पनि कसैलाई कारबाही भएको छैन ।

७. २९ जना पक्राउ पर्दा र ६३ जनाविरुद्ध मुद्दा लाग्दा पनि मुख्य योजनाकार गोरेको अत्तोपत्तो छैन । अझ यति धेरै चर्चा भएको साढे ३३ किलो सुन कहाँ छ ? छानबिन समितिलाई थाहा छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न