2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दलितहरुको जवानी चल्छ तर पानी चलाउँदैनन्

कालिकोट २३ बैशाख । दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्माले मुलुकका माथिल्ला जातहरुलाई दलित समुदायको हातबाट पानी नचले पनि जवानी चल्ने गरेको बताएका छन् । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चा नेपाल कालिकोटको छैटौ जिल्ला सम्मेलन सकिए पछि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सरोज विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमूख अतिथि विश्वकर्माले परापुर्वकालदेखी नै दलित समुदायले भोग्दै आएको पीडा अहिलेको एक्काइसौ शताब्दीमा पनि भोग्न बाध्य रहेको बताए ।  उनले नेपालमा २०६४ सालको संबिधान सभाबाट केही दलित सांसद र मन्त्री भए पनि दलित समुदायको मुक्ति नभएको बताए । 

विगत लामो समयदेखी दलित समुदायमा अन्य प्रभुत्व वर्गको थिचोमिचो सहन बाध्य रहेको भन्दै दलित समुदायसँग पानी नचल्ने तर जवानी चल्ने भन्दै प्रश्न गरे । उनले भने, ‘धारा छुन नमिल्ने कुन कानूनमा छ । मानव अधिकारको उलंघन हुँदा सरकारले किन गम्भीर रुपमा लिदैन् ?’  दलित समुदायको मुक्तिका लागि आफुहरु आन्दोलनमा जान बाध्य हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले