३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यी ६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण

१ जेष्ठ २०७५, मंगलवार ०३:१६

जेठ १, काठमाडौँ | यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो।

सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ। विभागले स्मार्ट लाइसेन्सको सिस्टम जडान भएपछि बाँकी पाँच स्थानमा पनि नवीकरण गर्ने भएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले पहिलोपटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट शुरू गरेको बताउनुभयो।

विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजत नवीकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत (पटके) र सवारी साधन कर उठाउँदै आएको थियो। अब सवारी अनुमतिपत्र नवीकरणको काम पनि थपिएको छ।

- यो खबर आजको नेपाल समाचारपत्रमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली