Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अब यी ६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १, काठमाडौँ | यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो।

सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ। विभागले स्मार्ट लाइसेन्सको सिस्टम जडान भएपछि बाँकी पाँच स्थानमा पनि नवीकरण गर्ने भएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले पहिलोपटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट शुरू गरेको बताउनुभयो।

विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजत नवीकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत (पटके) र सवारी साधन कर उठाउँदै आएको थियो। अब सवारी अनुमतिपत्र नवीकरणको काम पनि थपिएको छ।

- यो खबर आजको नेपाल समाचारपत्रमा छ ।