2026-09-21 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव तस्करको भरोसामा अमेरिका गएकी सुमित्रा समुन्द्रमै बिलाइन्

जेठ ६, काठमाडौँ | करिव ४० लाख खर्चेर अमेरिका जान मानव तस्करको पछी लागेका तीन नेपाली युवतीमध्ये एकको समुन्द्रमा जहाज हराएपछि पानी पनि खान नपाएर मृत्यु भएको छ भने दुई नेपाली युवती बल्लतल्ल बाँचेर फर्किएको समाचार छ | 

समाचार अनुसार विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन | जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाध्यानंह छ तर केहि घण्टामा गन्तब्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउछ | जहाज विशाल समुद्रमा कयौं दिन हराउँछ, खानेकुरा सकिएर यात्रु हैरान छन् | यतिकैमा खाना नपाएर छटपटी भएर एकको मृत्यु हुन्छ | जहाजका अन्य यात्रुले लास गन्हाउँछ भनेर ति युवतीको शव समुद्रमै फाली दिन्छन |

अगाडी समाचार छ – यो कुनै अंग्रेजी चलचित्रको कारुणिक दृश्य होइन, यो तीन नेपालीले प्रत्यक्ष भोगेको घटना हो | अब बाँचेका दुई युवतीले आफू ठगिएको कथा सार्वजनिक भए पारिवारिक र सामाजिक सम्बन्धमा समस्या आउने भन्दै नाम नछाप्न आग्रह गरेका छन् | केहि महिना अघि हैटीको राजधानी पोर्ट औं प्रिन्सबाट छुटेको पानीजहाज ‘क्यारेबियाँ सी’ मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुगेको थियो | उक्त जहाजभित्र पानी र खाना नपाएर  भक्तपुरकि सुमित्रा कुँवरको मृत्यु भएको थियो | उनीसंगै गएका दुई नेपाली युवती सकुशल फर्किएपछि समाचार बाहिर आएको हो | 

काठमाडौँबाट नयाँ दिल्ली हुँदै तीनजना युवती अमेरिकामा गएर कमाउने आशामा मस्को-बोगटा-डोमिनिका-हैटी हुँदै जाँदा सुमित्राको मृत्यु भयो र दुई नेपालीसहितको जहाज बहमास पुग्यो त्यसपछि अमेरिका जाने भनेका युवतीहरु क्युवा-पेरिस हुँदै आबुधावी हुँदै काठमाडौँ फर्किए तर जाँदा तीन जना गएपनि अमेरिका नपुगी नेपाल फर्कंदा दुई जना मात्र फर्किए | 

– यस बिषयमा बिस्तृत समाचार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने