जेठ ७, काठमाडौँ | अदालतले कांग्रेस नेता रामजी पौडेल बादलको हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ ।
न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।
२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।
दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् । – कान्तिपुरमा समाचार छ ।