जेठ १५, हेटौंडा | प्रदेश ३ को राजधानीबारे प्रदेशसभा बैठकमा फेरि चर्चा सुरु भएको छ । बैठकको विशेष समयमा बोल्ने ६ सांसदले संवैधानिक व्यवस्था अनुसार तत्काल टुंग्याउन माग गरेका छन् ।
प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्ने पक्षमा आन्तरिक तयारी भइरहेको सभासद बसन्त मानन्धरले बताएका छन् ।
भक्तपुर जिल्ला मानन्धर युवा संघ घोषणा सभामा सभासद मानन्धरले प्रदेश ३ को नाम नेपाल मण्डल राख्ने तयारी भएको बताए ।
नवगठित नेपाल म्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मानन्धरले राजधानीलाई हेटौंडाबाट अन्यत्रै सार्ने संकेत गर्दै प्रदेश नामकरणको तयारी गरेको बताएका हुन् ।
- आजको कान्तिपुरमा यो खबर छापिएको छ ।