2026-10-31 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय सरकारले मनोमानी गरेको आरोप

जेठ १८, कालिकोट | स्थानीय सरकारले नागरिकको चाहाना अनुसार काम गर्न नसकेको भन्दैै नागरिकको आवश्यकता सम्बोधन गर्न सुझाव दिएका छन् । रेडियोे नयाँ कर्णालीले विहीबार मान्ममा आयोजना गरेको बिकासका लागि बहस कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा अधिकांश प्रश्नकर्ताहरुले स्थानीय तहले नियम मिच्दै आफु अनुकुल कामहरु गर्दा गाउँमा सिंहदरबार आएको महसुस नभएको बताए ।

स्थानीय तहमा कर्णाली रोजगार कार्यक्रममा डोजरको प्रयोग, प्रक्रिया विपरित कर्मचारी नियुक्ति, आफु अनुकुल विकासी योजनाहरु छनोट, काममा ढिलासुस्तीले गर्दा विकास बजेट खर्च नभएकोले बजेट फ्रिज हुने सम्भावना, नागरिकहरुले पाउने पर्ने सेवा सुविधाहरुबाट बञ्चित हुनु परेको लगायतका बिषयहरु उठाएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिले गर्ने कामहरु प्रभावकारी नभएको, नागरिकका जल्दा बल्दा सवालहरु, स्थानीय तहमा भएको अनियमितता रोक्न आवश्यक पहल नभएको स्थानीयको आरोप छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाहीले आफुहरु सिक्दै गरेका कारण प्रभावकारी काम  नभएको स्वीकार गरे । उनले आफुहरुलाई प्रयाप्त अधिकार नभएका कारण पनि समस्या आएको बताए । कार्यक्रममा खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डेले पहिलो बर्ष सोचे अनुसारको उपलब्धी हाँसिल गर्न नसकिएको भन्दै आगामी बर्षबाट सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पलाता गाउँपालिकामा बिकासको गति तीब्र रुपमा अगाडि बढेको बताए । उनले अहिलेसम्म पनि गाँउपालिकाको केन्द्रमा सहमति नहुँदा विवाद नै रहेको बताए । कार्यक्रममा पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले विगतमा लेखापालको कार्य क्षमता नभएका कारण काममा ढिलासुस्ती भएको भन्दै अब सुधार गरेर अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय