पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १९, सोल | रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न आउनेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ ।

यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए । कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरियाले जनाएको छ ।

अंक प्रणाली तीन चरणमा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिनेछ ।

दुवै चरणबाट आएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिने छ ।

समाचारमा लेखिएको छ, अब कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिनेछ । - आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।