जेठ २०, काठमाडौँ | आफ्नै घर अगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ ।
जसको घर अगाडि फोहोर फालिएको छ, उसकै घरमा जरिवानापत्र आउने भएको छ, सो जरिवानापत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना बापत निश्चित रकम तिर्नुपर्नेछ ।
यदी तोकिएको जरिवाना रकम पनि तोकिएको समयभित्र नतिरेमा राज्यका विभिन्न निकायबाट पाउने सेवा-सुविधाबाट सरकारले वञ्चित गरिदिनेनेछ ।
- यो समाचार आजको नागरिक दैनिकमा छ ।