२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

फरार कैदी १५ महिना पछि पक्राउ

२७ जेष्ठ २०७५, आईतवार १८:०१

जेठ २७, कालिकोट | १५ महिना पहिले कालिकोट सदरमुकाम मान्म बजारबाट फरार भएका कैदी बलबहादुर शाही पुनः पक्राउ परेका छन् । महावै गाउँपालिका वडा नं. ३ आोदानकु निवासी शाही कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार कालिकोटमा कैद भुक्तान गरिरहेका थिए । २०७३ साल चैत ११ गते प्रहरी जवानसँग बजारमा आएका बेला उनी भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटको एक टोलीले बाँकेको कोहलपुर १४ हवल्दापुरबाट पक्राउ गरी कालिकोट ल्याएर ल्याएर सार्वजानिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्सपेक्टर निरज चौलागाइका अनुसार २०६६ सालमा नेपालगञ्जका धनु धितालका छोरा राजु धिताललाई अपहरण गरी मारेको घटनाका मुख्य योजनाकार शाहीलाई जिल्ला अदालत बाँकेको २०६७ साल फागुन २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित २० बर्ष कैद र अपहरण तथा शरिर बन्दक मुद्धामा १५ बर्ष कैद र दुई लाख जरिवानाको फैसला गरेको थियो ।

जिल्ला प्रहरी प्रमूख डिएसपी सुवासचन्द्र बोहोराले बिशेष सूचनाको आधारमा प्रहरीले शाहीलाई कोहलपुरबाट पक्राउ गरी आईतबार जिल्ला अदालत कालिकोटमा हाजिर गराएर कारागार चलान गरिएको जानकारी दिए । कैदी भगाउने प्रहरीलाई कालिकोट जिल्ला कारागारभित्र थुनुवाका रूपमा राखिएको छ । उनीहरूलाई कारागार ऐन २०१९ अन्तर्गत कारवाही भइरहेको छ ।

शाही कालिकोटबाट भागेर भारतको विभिन्न ठाउँमा बस्दै आएका थिए । उनले भारतमा बसेर नेपालमा जग्गा दलाली गर्दै आएको बुझिएको छ । शाही ४ दिन अघिमात्र कोहलपुर पुगेका थिए । जिल्ला प्रहरी कार्यालय कालिकोट र बाँके प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरि शनिबार बेलुका कालिकोट जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य