2026-09-13 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका ५२ वडामा स्वास्थ्य चौकीविहीन

जेठ २८, कालिकोट | जिल्लाका ९ वटा स्थानीय तहका ५२ वडाहरु स्वास्थ्य चौकीहिीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको तथ्याङ्क अनुसार अनुसार जिल्लामा रहेका ९ वटा स्थानीय तहका कुल ८२ वटा वडा मध्य ५२ वडाहरु स्वास्थ्य चौकीहिीन रहेको उल्लेख छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.विवश पराजुलीले जिल्लामा एउटा जिल्ला अस्पताल र एक प्राथमिक स्वास्थ्य केन्द्र सहित ३० वटा मात्र स्वास्थ्य संस्था रहेको बताए । जिल्लाको खाँडाचक्र नगरपालिकामा ११ वडा मध्य वडा नं. १ मा एक जिल्ला अस्पताल र २ वटा वडामा स्वास्थ्य चौकी, रास्कोट नगरपालिकामा ९ वटा वडा मध्ये ३ वटा वडामा स्वास्थ्य चौकी, तिलागुफा नगरपालिकामा ११ वडा वडा मध्य ५ वटा वडामा स्वास्थ्य चौकी, पलाता गाउँपालिकामा ९ वटा वडा मध्य ३ वटा वडामा स्वास्थ्य चौकी छन् ।

त्यसैगरी, पचालझरना गाउँपालिकामा ९ वटा वडा मध्य ३ वटा वडामा मात्र स्वास्थ्य चौकी, शान्नित्रिवेणी गाउँपालिकामा ९ वटा वडा मध्ये ३ वडामा मात्र स्वास्थ्य चौकी, नरहरीनाथ गाउँपालिकामा ९ वटा वडा मध्ये ५ वडामा मात्र स्वास्थ्य चौकी, शुभकालिका गाउँपालिकामा ८ वटा वडा मध्य ३ वडा वडामा स्वास्थ्य चौकी र महावै गाउँपालिकामा कुल ७ वटा वडा मध्य २ वटा वडामा मात्र स्वास्थ्य चौकी रहेको छ ।

सरकारले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने भनिरहँदा कालिकोटका अधिकांश वडाहरुमा स्ववास्थ्य चौकीको समेत व्यवस्था नहुँदा नागरिरकहरुले आधारभुत स्वाथ्य सेवा समेत पाउन सकिरहेका छैनन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा साविकका ३० वटा गाविसहरुमा रहेका ३० वटा स्वास्थ्य संस्थाहरुले नै अहिलेको नयाँ संरचना अनुसार सेवा प्रवाह गरिरहेका छन् । जसले गर्दा ती ३० वटा गाविसहरुमा रहेका स्वास्थ्य संस्थाहरु हाल ३० वटा वडाहरुमा परेका छन् ।

बाँकी ५२ वडाका नागरिकहरु भौगोलिक विकट्ताका कारण घण्टौ हिडेर अर्को वडामा आधारभुत स्वास्थ्य सेवा लिन जानुपर्ने बाध्यता रहेको छ । जिल्लाका सबै वडाहरुमा स्वास्थ्य चौकी नहुँदा गर्भवती जाँच तथा प्रसुती सेवा लिने महिलाहरुलाई थप समस्या भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले