२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा रातो प्रजातिको बांदर खतरनाक भएको पुष्टी

२०७५, २९ जेष्ठ मंगलवार १३:११

नरी बडु/जेठ २९ बैतडी | विगत देखि बैतडीको दशरथचन्द नगरपालिकामा आतंक मच्चाउदै आएको जंगली बांदर रातो प्रजातिको खतरनाक बांदर भएको विषेशज्ञ टोलिले पुष्टी गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक लक्ष्मण खनाल नेतृत्वको टोलिले यस क्षेत्रमा पाईने उक्त बांदर अरु प्रजातिभन्दा खतरनाक रहेको बताएको छ । 


रिसालु, आक्रामक र चलाख मानिने रातो प्रजातीको बांदरले बैतडीको दशरथचन्द नगरपालिकामा अन्नबाली, तरकारी, फलफुल र घरभित्र भएका अन्य समानहरु नष्ट गर्नुका साथै महिला र बालवालिकामाथि समेत आक्रमण गर्ने गरेको छ । 

बांदरले आतंकित दशरथचन्द नगरपालिकामा स्थानीय र जनप्रतिनिधिहरुले बांदर लखेट्ने अनेक प्रयास गरेपनि सफल हुन सकेको छैन । नेपालमा पाईने तिनवटा प्रजातिका बांदरहरुमध्ये दशरथचन्द नगरपालिकामा भेटिएको रातो बांदर बढी खतरनाक भएको बांदर विषेशज्ञ डा. लक्ष्मण खनालले बताउनुभयो । मानव र बांदरबिच द्वन्द, कारण र व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा खनालले यस्तो बताउनुभएको हो । 

बांदरको अनुसन्धानका लागि खनाल र अर्का बन्यजन्तु विषेशज्ञ धिरेन्द्र चन्द शनिबार बैतडी आउनुभएको हो । यस क्षेत्रमा जंगलको अनुपातमा बांदरहरुको संख्या धेरै भएकाले समस्या भएको टोलिको निष्कर्ष छ । जंगलको एकिकरण नहुनु, एउटै प्रजातीका रुखहरु भएको जंगल हुनु लगायतका कारणले बांदरको आतंक बढी भएको टोलिको भनाई छ । कार्यक्रममा विषेशज्ञ टोलिले बांदरको आक्रमणबाट बच्ने उपायका बारेमा समेत स्थानीयहरुलाई जनाकरी गराएको थियो । बांदर व्यवस्थापनका लागि सरकारले स्थानान्त्रण वा औषधिजन्य अनुसन्धान प्रयोगसालामा बांदरको गर्नुपर्ने बांदर विषेशज्ञ टोलिको सुझाव छ । बांदर आतंकले यस क्षेत्रका किशानहरुलाई खेतिकिर्शानी छोड्नुका साथै महिला र बालवालिकालाई एक्लै हिड्न समेत समस्या छ ।

खेती गर्नै छाडे किशानले

बांदरको आतंकले दशरथचन्द नगरपालिका ४, ५, ६ र ८ नम्बर वडाका किशानहरुले खेती लगाउने छागेका छन् । लगएको अन्यबाली सबै बांदरले नष्ट गर्न थालेपछि उनिहरुले खेती लगाउन छाडेका हुन् । बैतडी जिल्लाको सबैभन्दा बढी आँप उत्पादन हुने उक्त क्षेत्रमा पछिल्लो समय बांदरले सबै आँपहरु समेत नष्ट गरेको किशानहरुको गुनासो छ । अन्नबालि त के बजारबाट किनेर लगेको समान समेत भित्रै पसेर बांदरले लैजान्छ । स्थानीय भुवनबहादुर चन्दले भने । घरको झ्यालबाट भित्र पसि भित्र भएको अन्न र कतिवेला त परिवारका सदस्यहरुलाई पस्केको खाना समेत बांदरले खाने गरेको किशानहरुको गुनसो छ । यस क्षेत्रका किशानहरुले   बांदर आतंक नियन्त्रण गरिदीन भन्दै सम्बन्धित निकायसंग अपिल गरेका छन् । वडा र नगरपालिकाको सहयोगमा बांदर आतंक नियन्त्रण नभएकाले प्रदेश तथा केन्द्र सरकाले यस्तर्फ ध्यान दिनुपर्ने स्थानीय खिमानन्द भट्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला