2026-10-31 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा गैससका सञ्चालकलाई सम्पत्ती विवरण बुझाउन प्रशासनको निर्देशन

असार २, कालिकोट | जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लामा कार्यक्षेत्र बनाई काम गरी रहेका गैरसरकारी संस्थाका सञ्चालकहरुलाई एक महिनाभित्र सम्पत्ती विवरण बुझाउन निर्देशन दिएको छ । शनिबार एक सुचना प्रकाशित गरी प्रशासनले जिल्लामा कार्यक्षेत्र बनाएर दर्ता गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैैरसरकारी संस्थाहरुले नविकरण गर्दा अनिवार्य सञ्चालकहरुको सम्पत्ती विवरण पेश गर्न निर्देशन दिएको हो ।

गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लामा रहेका सबै गैरसरकारी संस्थाहरुलाईसुचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए । ‘जिल्लामा दर्ता भएका सबै गैरसरकारी संस्थाहरुको कार्यसमिति सदस्यहरु समेतको नाम, ठेगाना, सम्पर्क नम्बरसहित सूचना जारी भएको मितिदेखी एक महिनाभित्र विवरण कार्यालयमा उपलब्ध गराउन निर्देशन दिइएको छ’ उनले भने, ‘जिल्ला प्रशासनमा दर्ता भएका तथा ३ बर्षसम्म नविकरण नगरिएका संस्थाहरुले १५ दिनभित्र नविकरण गराउन समय दिइएको छ ।’ यदि तोकिएको मितिसम्म नविकरण नगराए संस्था खारेजीको प्रक्रिया अगाडी बढाईने उनले बताए ।

एक गैरसरकारी संस्थाले एक भन्दा बढी क्षेत्रमा काम गर्न नपाईने, विगतमा दर्ता भएका गैरसरकारी संस्थाहरु नविकरण गर्दा एउटै क्षेत्रमा मात्र काम गर्ने गरी नविकरण गर्ने, जिल्लामा दर्ता भएका गैरसरकारी संस्था नविकरण गर्दा तथा नयाँ संस्था दर्ता गर्दा पदाधिकारीहरुको सम्पत्ती विवरण अनिर्वाय पेश गर्नुपर्ने, सम्पत्ती विवरण पेश नगरेका गैरसरकारी संस्थाहरु नविकरण तथा दर्ता नहुने, जिल्लामा कार्यक्षेत्र भई दर्ता गराई काम गरिरहेका संस्थाहरुले आफ्नो कार्य प्रगति विवरण चौमासिक रुपमा जिल्ला प्रशासन कार्यालय र ससमाज कल्याण परिषद्मा अनिवार्य रुपमा पेश गर्नुपर्ने गरी प्रशासनले निर्देशन दिएको छ ।

प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्लामा कुल ५ सय २७ वटा गैरसरकारी संस्थाहरु दर्ता भएको जानकारी दिए । ‘संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा भएको अभिलेख अनुसार कुल ५ सय २७ वटा संस्था दर्ता भएका छन्’ उनले भने, ‘तर नविकरण भने निकै कम भएका छन् । हामीले अहिले नविकरण भएका तथा नभएका संस्थाहरुको विवरण संकलन गरिरहेका छौ ।’  तथ्याङ्कलाई व्यवस्थित बनाउने तयारी गरिएको प्रजिअ गौतमले बताए ।

प्रशासनको निर्देशनलाई गैर सरकारी संस्था महासंघ नेपालले भने विरोध जनाएको छ । गैसस महासंघका प्रतिनिधीहरु  कालिकोटले जिल्ला प्रशासन कार्यालयमै गएर गैरसरकारी निकायहरुलाई सरकारले सहयोगको सट्टा असहयोग गर्ने गरी आएको निर्णय गृहमन्त्रालयले निर्णय फिर्ता लिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय