दशरथ चन्द नगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दशरथ चन्द नगरपाल"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पृथ्वीनारायण शाहको हालसम्मकै ठूलो शालिक बन्ने

३ असार २०७५, आईतवार ११:३०

असार ३ काठमाडौं । बैतडीको दशरथ चन्द नगरपालिकामा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपालमा हालसम्मकै ठूलो शालिक निर्माण हुने भएको छ । 


दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले शालिक बनाउन लागेको हो। आज राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १० वर्षे जनयुद्ध र त्यसपछिका परिवर्तन पश्चात राजसंस्थासँग सम्बन्धित कुनैपनि विषयलाई ओझेलमा पार्न संगठित रुपमा कार्यहरु भैरहँदा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको विशाल प्रतिमाको स्थापना गर्ने जमर्को गरेकोमा राष्ट्रियता संरक्षण अभियान बैतडीलाई शुभकामना दिनुहुँदै राप्रपाले पार्टीको आदर्शको रुपमा ग्रहण गरेका पृथ्वी नारायण शाहको शालिक निर्माणमा सक्दो सहयोग पुर्याउने तथा सहयोगको लागि अपिल गर्ने बताउनुभयो । 


भौगोलिक रुपमा नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाह र भावनात्मक रुपमा एकिकरण गर्ने श्री ५ महेन्द्रलाई नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउँदै अध्यक्ष थापाले बैतडीमा राष्ट्रनिर्मार्ताको २१ फिट अग्लो शालिक निर्माण गर्न अग्रसरता देखाउने राष्ट्रियता संरक्षण अभियान बैतडीलाई पूर्ण सहयोग पुर्याउन सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता बालाराम घर्तिमगर, केन्द्रीय सदस्यहरु निना भेटवाल, श्यामबहादुर शाही लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमबारे पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रियता संरक्षण अभियान बैतडीका अभियन्ता हेमबाबु लेखकले प्रकाश पार्नुभएको थियो । 

मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शालिक स्थापनाको लागि केन्द्रीय सदस्य नानु नगरकोटीले १० हजार, निना भेटवालले ५ हजार, सरश्वती के.सी. अधिकारीले ५ हजार, श्यामबहादुर शाहीले ५ हजार, काठमाडौं जिल्ला सदस्य शितल अधिकारीले १ हजार पाँच प्रदान गरि सहयोगको थालनी गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै