२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रभावकारी बन्दै गाउँमा युवा सूचना केन्द्र

२०७५, ९ असार शनिबार ०३:०२

असार ९, कालिकोट | गाउँमा स्थापना गरिएको सूचना केन्द्र यूवाहरुका लागि नयाँ ज्ञान सीपका लागि प्रभावकारी बन्दै गएको छ । नरहरीनाथ गाउपालिका कुमालगाँउमा स्थापना गरिएको ग्रामीण बिकास युवा क्लवद्धारा सञ्चालन गरिएको युवा सूचना केन्द्र यूवाहरुलाई सूचना प्राप्त गर्न र नयाँ ज्ञान सीपका लागि प्रभावकारी बन्दै गएको यहाँका यूवाहरुले बताएका छन् ।

सेभ द चिल्डे«नको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालिकोटद्धारा सञ्चालन गरिएको युवा सशक्तिकरण बुलगारी परियोजना अन्तर्गत स्थापना भएको युवा सूचना केन्द्रमा युवाहरुको उपस्थिती बढ्दै गएको बतायएको छ । युवा सूचना केन्द्र कुमालगाँउका अध्यक्ष नमराज बुढाले सूचना केन्द्रका माध्यमबाट युवा क्लवलाई आर्थिक उपार्जन पनि भएको बताए । युवा सूचना केन्द्रले मासिक पाँच हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको उनको भनाई छ । यूवा सूचना केन्द्रमा आएर युवाहरु, बैदेशिक रोजगारी, विभिन्न कार्यालय तथा निकायमा आउने रोजगारीका अवसरहरुको बारेमा जानकारी, समसामयिक सूचना, समाचारहरु थाहा पाउने गरेको उनले बताए ।

युवा सूचना केन्द्रले युवा सशक्तिकरण परियोजना मार्फत प्राप्त भएका फोटोकपी मेसिन, फोटो धुलाउने मेसिन, क्यामेरा, ल्यापटपलगायतका सामाग्रीहरुबाट स्थानीयलाई सेवा प्रवाह समेत गरीरहेको छ । सूचना केन्द्रमा दैनिक फोटो खिच्ने, फोटोकपी गर्ने, प्रमाणपत्र बनाउने लगायतका कामहरु गर्न थालिएको अध्यक्ष बुढाले बताए । ‘गाउँलेलाई सादा तथा रङ्गिन फोटो खिच्ने र धुलाउने, फोकपी गर्ने, प्रिन्ट गर्ने लगायतका कामहरु गरिरहेका छौ’ उनले भने, ‘युवा सूचना केन्द्रबाट स्थानीय युवाहरुलाई बिभिन्न किसिमका क्षमता विकास सम्बन्धि तालिम पनि दिँदै आएका छौ ।’ हाल केन्द्रमा ११ जना युवाहरु आवद्ध भई युवा सशक्तिकरणको अभियानमा जुटेका छन् ।

सेभ द चिल्डे«नका बाल गरिबी अधिकृत इन्द्र विकले कालिकोट जिल्लामा लागु भएको युवा शसक्तिकरण परियोजनामार्फत जिल्लाका बिभिन्न विद्यालयमा रहेका बालबालिका तथा समुदाय स्तरमा रहेका युवाहरुलाई बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले विद्यालय तह कक्षा ८ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई नियमित विद्यालय जान प्रेरित गर्ने, विद्यालयका प्राधानाध्यापक तथा अन्य शिक्षकहरुलाई तालिम र समुदाय स्तरमा रहेका युवाहरुलाई युवा क्लव गठन गरी बिभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको बताए ।

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा लागु भएको युवा सशक्तिकरण परियोजना मार्फत नरहरीनाथ गाउँपालिकाको कुमालगाउँ र तिलागुफा नगरपालिकाको फोईमा युवा सुचना केन्द्रको स्थापना गरिएको बि.कले बताए । युवा सूचना केन्द्रमा युवाहरुलाई बिभिन्न किसिमका सूचनाहरु, बिदेश जाँदा के के कुरा ख्याल गर्ने, कुनै निकायमा रोजगारीको लागि आएका अवसरहरुका बारेमा जानकारी लिने, जातीय छुवाछुत, बालबिबाह लगायतका सामाजिक कुरितिहरुका विरुद्धमा अभियान थाल्ने गरिएको उनले बताए ।

भिडिसेफ नेपालका व्यवस्थापक राजेन्द्र सहकारीले कुमालगाँउ र फोईमा स्थापना भएका युवा सूचना केन्द्रहरुलाई करिब ५ लाख बराबरको सामानहरु सहयोग भएको जानकारी दिए । उनका अनुसार ति युवा सूचना केन्द्रहरुमा, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिन, क्यामेरा लगायतका सामानहरु प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो