२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रहरीको टोल–टोलमा यस्तो अभियान

९ असार २०७५, शनिबार १८:१४

असार ९, कालिकोट | जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लामा गाजा नियन्त्रणका लागि अभियान थालेको छ । जिल्ला सदरमुकाम आसपासका क्षेत्रहरुमा व्यापक रुपमा रहेको भाँगो र गाँजा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियान थालेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी ईन्सपेक्टर निरज चौलागाईले टोल टोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम मान्म र आसपासका क्षेत्रहरुमा व्यापक रुपमा रहेको गाँजा नियन्त्रण अभियान थालिएको जानकारी दिए ।

प्रहरीले टोल टोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत जिल्लाको खाँडाचक्र नगरपालिकाका हरेक वडाहरुलाई तीन तीन वटा टोलको रुपमा बिभाजन गरी स्थानिय नागरीकहरुलाई भेला गर्ने र लागु औषध दुव्र्यसनी, घरेलु हिंसा, महिला हिंसा लगायतका सामाजिक अपराध नियन्त्रण सम्बन्धि जनचेतना जगाउने कार्यक्रमसँगै गाजालाई पनि नियन्त्रण गर्न थालिएको छ ।


जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले गृह मन्त्रालयको निर्देशनमा सप्ताहव्यापी मनाउन थालिएको लागु औषध दिवस र टोल टोलमा प्रहरी अभियान कार्यक्रमलाई लक्षित गरी गाजा नियन्त्रण अभियान थालिएको बताए । उनले जिल्लाको खाँडाचक्र नगरपालिकाको ११ वटा वडाहरुलाई विभाजन गरी ३३ वटा टोल बनाई हरेक दिन ती सबै टोलमा प्रहरी पुगेर लागु औषध दुव्र्यसनी, बाल बिवाह, बहुबिवाह, महिला हिंसा, घरेलु हिंसा तथा अन्य  बिभिन्न किसिमका सामाजिक अपराधहरुका बारेमा सचेतना जोगाईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा