2026-09-14 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मुद्धा फैसलामा तिब्र बन्दै जिल्ला अदालत बैतडी

नरी बडु/असार १४, बैतडी | कुनै समय जिल्ला अदालत बैतडीमा मुद्धा दर्ता गरेको वर्षौसम्म पनि छिनोफानो हुदैनथ्यो । 

कसै–कसैलाई त अदालतको तारिख बोक्दा–बोक्दै बुढ्यौली लागिसकेको हुन्थो । तर आजभोलि त्यस्तो समस्या छैन् । न्याय खोज्न जिल्ला अदालत पुगेका व्यक्तिले दुई–तिन महिनाभित्रै न्याय पाईसकेका हुन्छन् । 

यस आर्थिक वर्षको हालसम्म जिल्ला अदालत बैतडीमा जिम्मेवारी सरेर आएका ७ र नयाँ दर्ता भएका ७५ गरी जम्मा ८२ मुद्धा दर्ता भएका थिए । सो मध्ये हालसम्म ७८ प्रतिशत भन्दा बढी मुद्धा फैसला भैसकेको जिल्ला अदालत बैतडीका श्रेस्तेदार भिमप्रसाद भुसालले जानकारी दिए । 

जिल्ला अदालत बैतडीका न्यायधिस बिष्णुप्रसाद गौतमले बैतडीसंगै डडेल्धुरा जिल्ला अदालतको कार्यभार पनि समालेका छन् र पनि मुद्धा छिन्नमा भने कत्तिपनि ढीलाई भएको छैन् । “पहिले अदालतमा दर्ता भएको मुद्धा कहिले छिनिन्छ भन्ने टुङ्गो हुदैनन्थो आजभोलि छिटै मुद्धा फैसला हुँदो रहेछ” एक सेवाग्राही करन रानाले भने । जिल्ला अदालत बैतडीमा तुलनात्मक रुपमा सम्बन्ध विच्छेद, जबरजस्तीकरण र करणी उद्योग, सवारी ज्यान, माना चामल, बहु विवाह लगायतका मुद्धाहरु बढी दर्ता हुने गरेको न्यायधिस बिष्णुप्रसाद गौतमले बताए । न्यायपालिकाको तेश्रो पञ्चवर्षिय रणनितिक योजनाले निर्देश गरे बमोजिम मुद्दाको लक्षको तुलनामा फच्र्यौट गर्नुपर्ने, एक वर्ष नाघेको मुद्धा राख्न नहुने र कम्तीमा ७५ प्रतिशत मुद्दा फैसला गर्नुपर्ने लगायतका लक्ष सहित जिल्ला अदालतले न्याय सम्पादनमा तिब्रता दिएको हो । न्यायलाई पर्खेर बसेका सेवाग्राहीहरुलाई छिटै न्याय दिनुनै न्यायालयको मुख्य धर्म भएको कानून व्यवसायी हरिदत्त भट्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ