2026-10-31 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

असार २०, कालीकोट | जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । 

वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालिकाको छाती र नरहरिनाथको माझगोठीमा समस्या आएको छ । 

लगातारको वर्षाले गर्दा तीन स्थानका बासिन्दाको निद्रा हराम हुने गरेको पचालझरनाका चम्फसिं बस्नेतले बताउनुभएको छ । उहाँका अनुसार सुक्खायाममा गएको पहिरोको डरले अहिले बस्तीका बासिन्दा गाउँमा भन्दा पनि गोठतिर स्थायी बसोबास गर्न थालेको दुई वर्ष भइसकेको छ । तलतिर गाउँ छ, माथिल्लो भाग दरार भएर जोखिमयुक्त गाउँमा बस्न असुरक्षाका कारण अधिकांश स्थानीयबासी खार्दुको गाउँ छाडेर डुंग्री, कांग्रे, डाँडागाउँ, खिब्लालगायतका ठाउँमा बसाइँ सरेको बताइएको छ । 

अहिले पचालझरना गाउँपालिकाका वडा नं ३, साविकको राम्नाकोट गाविसको वडा नं ७, ८ र ९ रहेको सो बस्तीमा ३०० घरधुरी रहेको बताइएको छ । सो गाउँलाई पाँचवर्ष अघि बसाइँ अन्य जिल्लामा सार्ने भनिए पनि बेवास्ताका कारण जोखिम मोल्न बाध्य भएको स्थानीय बताउँछन् । 

त्यसैगरी, शुभकालिका गाउँपालिकाको वडा नं १ छातीको बस्तीको तल्लो भागबाट पहिरो गएको एक वर्ष भयो कसैको ध्यान नगएका कारण अहिलेसम्म ती बस्तीका एक दर्जन घरका बासिन्दाको उठिबास भएको छ । 

गएको वर्ष गोठमा बसेका स्थानीय हिउँदको समयमा घरमा आए पनि अहिले भने पुनः गोठमा फर्केका छन् । स्थानीय अर्जुन सुनारका अनुसार आफूहरुले पुनर्वासका लागि पहल चालेको भएपनि कुनै पनि निकायको ध्यान जान सकेको छैन । यस सम्बन्धमा शुभकालिका गाउँपालिकाका प्रमुख खडानन्द चौँलागाईले सो बस्तीका ११ घरपरिवारलाई वैकल्पिक व्यवस्थामा जोड दिएको बताउँदै अहिले अति जोखिममा रहेको अमृते सुनारलाई अन्यत्र व्यवस्था गरिएको र अन्य घरपरिवारलाई तत्काल उचित व्यवस्थापन गर्न लागेको बताउनुभएको छ । 

त्यसैगरी, पाँचवर्ष पहिलेदेखि पहिरोको जोखिममा रहेको नरहरिनाथ गाँउपालिका–४ को माझगोठीमा गाउँको तल्लो भागमा पहिरोले जमीन भाँसिदै गएपछि सो बस्तीका स्थानीयको विचल्ली भएको छ । 

वर्षाको समयमा आफूहरु घर छोडेर बस्नुपर्ने बाध्यता आइलागेको बताउनुहुन्छ स्थानीय टेकबहादुर विक । ४० घर रहेको सो दलित बस्तीमा अहिलेसम्म गाउँपालिकालगायतका निकायमा बस्तीको जोखिम कम गर्नका लागि मागसहित पहल गरेपनि कसैको ध्यान नगएको बताउँदै जीवन विकले आफूहरुका लागि ध्यान दिने न त स्थानीय निकाय छ न त कुनै माथिल्लो सरकार, आफूहरुले राखेको माग पुनर्बास हो कुनै पनि निकायले ध्यान नदिएको जीवनको गुनासो रहेको छ । 

यस सम्बन्धमा माझगोठीको समस्याबारे आफूहरु गम्भीर भएको उल्लेख गर्दै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले निवेदन आएको र सो बस्तीको पुनर्बासका लागि स्थानान्तरण गर्न पहल भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, विपद् व्यवस्थापनका लागि त्यही योजनाका लागि बजेटको व्यवस्थापन गरेका छौँ । 

उहाँले तुरुन्तै सो बस्तीमा उचित व्यवस्थापनमा जोड दिने दाबी गर्नुभएको छ । आठवर्ष अघि हालको शुभकालिका साविकको मु्रगाह गाविसको समलागाउँ उच्च जोखिममा हुँदा पुनर्बासका लागि पहल भए पनि जिल्लाभित्र व्यवस्थापन गर्ने भनेपछि सो क्षेत्रका स्थानीयले नमान्दा सोही स्थानमा बसेका थिए । कालीकोटजस्तो हिमाली क्षेत्रमा भिरालो जमीन र त्यहीमाथि सुख्खा पहिरोका कारण वर्षेनी समस्या आउने गरेको छ । 

जिल्लामा विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय ९किर्डाक नेपाल, नेपाल रेडक्रस० लगायतले काम गर्दै आएपनि स्थायी व्यवस्थापनको अभावमा पुनः समस्या दोहोरिने गरेको सामाजिक अगुवा कमल महताराको भनाइ रहेको छ । 

कालीकोट जिल्लामा विपद् व्यावस्थापनका लागि उच्च सतर्कता अपनाइएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्दनाथ गौतमले बताउनुभएको छ । उहाँले उच्च जोखिममा रहेको शुभकालिकालगायतका अन्य क्षेत्रको बारेमा जिल्ला प्रशासन कार्यालयमा आधिकारिक जानकारी केही नभए पनि जानकारी आएका ठाउँमा तत्काल व्यवस्थापन गर्ने बताउनुभएको छ । 

अहिलेसम्म कालीकोटमा मानवीय क्षति नभएको बताइएको छ । कर्णाली राजमार्गको सुर्खेत—जुम्ला सडकखण्डको गगने खोलालगायतका ठाउँमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ भने कर्णाली करिडोरको लालीघाट—पलांता सडकसमेत अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय