2026-09-13 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मदिरामा फाटेको जुत्ता र सेनेटरी प्याड !

असार २१, कालिकोट | स्थानीयले बनाउने अवैध मदिरामा विभिन्न किसिमका अखाद्य बस्तुहरु भेट्टिएका छन् । विहीबार जिल्ला प्रशासन कार्यालय कालीकोटले गरेको बजार अनुगमनका क्रममा बरामद गरेको अवैध मदिरामा महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याड, फाटेको जुत्ता मोजा तथा कपडा फेला परेको प्रमुख जिल्ला अधिकारी चन्दनाथ गौतमले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रण कार्यालयको संयुक्त बजार अनुगमनकाक्रममा  १ हजार ६ सय लिटर अवैध घरेलु मदिरा र ६ सेट मदिरा बनाउने भाँडा र ग्याँस सिलिण्डर समेत बरामद गरिएको प्रजिअ गौतमले जानकारी दिए । बरामद गरिएको मदिरा नष्ट गर्ने क्रममा मदिरामा महिनावारी महिलाले प्रयोग गरेका प्याड, फाटेका जुत्ताका टुक्राहरु, पुराना कपडाहरु पोलेर हालेको भेट्टिएको उनले बताए । मानव स्वास्थ्यमाथि खेलवाड गरेर मदिरा उत्पादन गर्ने उत्पादकलाई कारवाही गरिने उनले बताए ।

मदिराकै कारण जिल्लामा महिला हिंसाका घटना बढेकोभन्दै स्थानीय प्रशासनले अ्नुगमनलाई तीब्रता दिइएको जनाएको छ । यो बर्ष अवैध मदिरा नियन्त्रणका लागि बर्षमा ११ पटक बजार अनुगमन गरी २० हजार लिटरभन्दा बढी अवैध मदिरा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले