२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मदिरामा फाटेको जुत्ता र सेनेटरी प्याड !

२१ असार २०७५, बिहीबार १६:१६

असार २१, कालिकोट | स्थानीयले बनाउने अवैध मदिरामा विभिन्न किसिमका अखाद्य बस्तुहरु भेट्टिएका छन् । विहीबार जिल्ला प्रशासन कार्यालय कालीकोटले गरेको बजार अनुगमनका क्रममा बरामद गरेको अवैध मदिरामा महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याड, फाटेको जुत्ता मोजा तथा कपडा फेला परेको प्रमुख जिल्ला अधिकारी चन्दनाथ गौतमले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रण कार्यालयको संयुक्त बजार अनुगमनकाक्रममा  १ हजार ६ सय लिटर अवैध घरेलु मदिरा र ६ सेट मदिरा बनाउने भाँडा र ग्याँस सिलिण्डर समेत बरामद गरिएको प्रजिअ गौतमले जानकारी दिए । बरामद गरिएको मदिरा नष्ट गर्ने क्रममा मदिरामा महिनावारी महिलाले प्रयोग गरेका प्याड, फाटेका जुत्ताका टुक्राहरु, पुराना कपडाहरु पोलेर हालेको भेट्टिएको उनले बताए । मानव स्वास्थ्यमाथि खेलवाड गरेर मदिरा उत्पादन गर्ने उत्पादकलाई कारवाही गरिने उनले बताए ।


मदिराकै कारण जिल्लामा महिला हिंसाका घटना बढेकोभन्दै स्थानीय प्रशासनले अ्नुगमनलाई तीब्रता दिइएको जनाएको छ । यो बर्ष अवैध मदिरा नियन्त्रणका लागि बर्षमा ११ पटक बजार अनुगमन गरी २० हजार लिटरभन्दा बढी अवैध मदिरा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य