2026-06-24 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नगरपालिकाले बाँड्यो बाख्रा, बंगुर र कुखुरा

असार २५, बिर्तामोड । कृषि तथा पशुपालनको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको बिर्तामोड नगरपालिकाले नगरका बडा नं ७, ८, ९ र १० नं बडाका ८५ जना कृषकलाई बाख्रा, बंगुर र कुखुरा बितरण गरेको छ । 

मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत बडा नं ७, ८ र ९ का तीनबटा समूहका ४५ जना बाख्रा पालक किसान छनौट गरी ३ बटाका दरले बाख्रा बितरण गरिएको नगरपालिकाकी पशु सेवा अधिकृत सानुमाया श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बंगुर पकेट कार्यक्रम अन्तरगत बडा नं ६ र १० का दुइबटा समूहका ३० जनालाई बंगुर प्रदान गरिएको छ । साथै, बडा नं १० को एउटा समूहका १० जना किसानलाई २० बटाका दरले लोकल जातका कुखुराका चल्ला बितरण गरिएको पशुसेवा शाखाले जनाएको छ । 


यस कार्यक्रम अन्तरगत बाख्रा पालक किसानहरुको तीन दिने तालीम गरामनीमा सूरु भएको छ । सो कार्यक्रमको नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले उद्घाटन गर्नुभयो । उहाँले नगरको तल्लो क्षेत्रलाइृ कृषिमा आत्मनिर्भर बनाउँदै लैजान एकीकृत कृषिको प्याकेज लागू गरिएको बताउनु भयो । उहाँले कृषि र पशु पालनलाई प्राथमिकता दिने बजेटको सीमा भित्र रहेर बडा नं ६, ७, ८, ९ र १० का जनतालाई केन्द्रित गरेर यस्तो अभियान चलाइएको जानकारी दिनुभयो । 

 उप प्रमुख पबित्रादेबी महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, पबित्रा पाठक लगायतले मन्तब्य राख्नुभएको थियो । 

नगरपालिकाले करीब ३५ लाख बराबरको ब्रोयर जातका बाख्रा, कुखुरा र बंगुर बितरण गरेको जनाइएको छ भने यस कार्यक्रम अन्तरगत समेटिएका कृषकले एकदेखि डेढ बर्ष भित्रमा ती बाख्रा, बंगुर र कुखुरा समूहका अन्य कृषकलाई फिर्तागर्नु पर्ने छ । साथै, यस कार्यक्रम भित्र पाठा बितरण मात्र नगरी आधुनिक खोर निर्माणका लागि पनि सहयोग गरिएको छ भने टाट्ना, घाँस पालन लगायतलाई एकीकृत प्याकेजका रुपमा समाबेश गरिएको श्रेष्ठले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता