Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानीय तहमा अझै बैँकिङ सुविधा पुगेन, सेवाग्राही सास्ती खेप्दै

२०७५, २६ असार मंगलवार ०९:१६

असार २६, बैतडी | जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ । 

सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैंकमा लाग्ने गरेको छ । 

बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि सदरमुकाम आउनुभएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंकमार्फत हुने गरेको बताउनुहुन्छ । 

गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भिड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भिड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताउनुभयो । 

जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भिडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ