प्रदेश ५ मा टोल–टोलमा प्रहरी अभियान प्रभावकारी बन्दै, चोरी घटनामा कमी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
6 Min Read

प्रेम सुनार/असार–२६, बुटवल ।  यति वेला खेतीपाती लगाउने याम भएकोले प्राय हरेक परिवार घरको ढोका बन्द गरेर खेत र वारीमा ब्यस्त छन ।

त्यही बन्द र सुनसान घर  , त्यस माथी  बढेका मकैले एक देखि अर्को घर देख्न नसक्ने मौका छोपेर  विगतका वर्षहरुमा बढि मात्रमा चोरीका घटना प्रहरीमा आउने गर्दथे ।

पाँच नम्वर प्रदेशका केहि जिल्लाहरुमा चोरीका घटना छिटफुट भएको पाईए पनि अन्य अधिकांस जिल्लामा चोरीका घटना शुन्य पाईएको छ ।

पाँच नम्वर प्रदेशका सवै जिल्ला प्रहरी कार्यालय संग बुझ्दा केहि जिल्लामा छिटफुट बाहेक अन्य जिल्लामा शुन्य रहेको बताईएको छ ।

यस प्रदेशमा प्रहरीले केहि महिना अघि देखि सुरु गरेको टोल टोलमा प्रहरी अभियान कार्यक्रमको प्रभाव चोरी घटनामा कमी आएको हो ।  प्रहरीले यो अभियानलाई प्रदेशभर तिब्रता दिदै गाउँ गाउँमा पुगेको छ ।

त्यसको प्रभावकारिता बारे   प्रस्तुत छ हामीले विभिन्न जिल्लाका प्रहरी प्रमुख र प्रवक्ता संग राखेको जिज्ञाषामा उनिहरुको भनाई ।

रुपन्देहीः त्यहाँका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले यो सिजनमा चोरीका घटना घट्ने भए पनि रुपन्देहीमा त्यस्ता घटना सुन्य प्राय रहेको बताए । उनले यदाकदा चोरी  वा अन्य अपराधिक घटना भए पनि दोषीलाई पक्राउ गर्न त्यहाँको प्रहरी सक्षम रहेको र टोल टोलमा प्रहरी अभियानलाई तिव्र पारिएको बताए ।

नवलपरासीः त्यहाँका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले पनि चोरीका घटनामा कमी आएको बताए । यस याममा चोरीका घटना विगतका वर्षहरुमा पाए पनि अहिले कतैबाट त्यस्तो उजुरी नआएको भट्टको भनाई छ । त्यस जिल्लामा पनि  टोल टोलमा प्रहरी अभियानको प्रभाव राम्रो रहेको जानकारी दिए ।

पाल्पाः  त्यहाँका प्रहरी प्रमुख डिल्लीराज खनालले पनि गत एक महिनामा एउटा पनि चोरी घटनाको उजुरी नपरेको बताए । उनले यस अवधीमा अन्य कुनै अपराधिक घटना पनि नघटेको र पाल्पा शान्त रहेको दावी गरे ।

कपिलवस्तुः  त्यस जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत रवि रावलले पनि चोरी लगायत अपराधिक घटनामा कमी  नभएको बताए । उनले भने –‘ गत एक महिनाको अन्तरालमा एउटा पनि चोरीका उजुरी कतै परेको छैन ।’

दाङ्गः त्यहाँका प्रहरी प्रवत्ता एसपी रामप्रसाद घर्ति मगरले चोरी लगायतका अपराधिक घटनामा कमी आएको र चोरीका घटना एक महिनाको अन्तरालमा नभएको बताए ।

नेपालगञ्जः त्यहाँका निमित्त सुचना अधिकृत प्रहरी निरीक्षक भरतसिंह राठौरले मोवाईल लगायतको चरीका घटना पछिल्लो पटक खजुरामा तिन वटा र नेपालगञ्जमा १  सहि तगत एक महिनामा ५ वटा भएको बताए ।

उनले भने–‘ यो सिजन खेतीपातीको बेला भएकोले चोरीका घटना बढ्ने सिजन हो ।  तर विगतका वर्षहरुको तुलनामा यो निकै कमी हो, टोलटोलमा प्रहरी अभियानको प्रभावकारिता हो भन्ने हाम्रो बुझाई छ ।’

रोल्पा– एउटै वालकले  ६ वटा घरमा चोरी गर्दै हिडेको पाईए पछि  वालकलाई समातरे नियन्त्रणमा लिएको त्यहाँका प्रहरी प्रमुख  डिएसी  ज्ञानेन्द्र फुँयालले बताए । उनले पनि चोरी लगायत अपराधिक घटनमा कमी आएको जानकारी दिए ।

व्र्दियाः  त्यस जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत डिएसपी युवराज खड्काले पनि गत एक महिनाको अन्तरालमा चोरीको उजुरी नपरेको स्पष्ट पारे ।

पुर्वीरुकुमः त्यहाँका प्रहरी प्रमुख डिएसपी प्रविनलाल श्रेष्ठ संग सम्पर्क राख्दा एका दुई सानाखाले चोरी घटना भएको र आरोपीलाई पक्राउ गरी कार्वाही गरिएको बताए । उनले ठुला खाले अपराधिक घटना त्यस जिल्ला नभएको जानकारी दिए ।

प्युठान –त्यहाँका प्रहरी प्रमुख डिएसी राजेन्द्र पोखरेलले केहि दिन अघि प्युठानका चार वटा पसलहरुमा नगद  र रिचार्ज कार्डहरु चोरी भएको उजुरी परेको बताए । उनले चोरी गर्नेहरुको खोजी कार्य भई रहेको बताउँदे चोरी हुन सक्ने यो याममा सवैलाई सजग रहन अनुरोध गरे ।

डिएसी पोखरेलले टोल  टोलमा प्रहरी अभियान सुरु गरे देखि  पुराना घटनाका मुद्धाहरु समेत ठुलो सख्यामा पर्न थालेको र धमाधम आरोपीहरुलाई समातेर कार्वाहीको दायरमा ल्याईको जानकारी दिए ।

अर्घाखाँची ःत्यहाँका प्रहरी प्रमुख नवराज मल्लले अर्घाखाँचीमा असार लागे देखि  चोरीका उजुरी एउटा पनि नपरेको बताए ।

जेठ महिनामा सन्धीखर्कमा सिक्री चोरी भएको  पाईए पनि त्यस यता कतै चोरी भएको जानकारी नपाएको  भए पनि यो याममा यस्ता घटना हुने भएकोले जिल्लावासीलाई सजग हुन अनुरोध गर्दछु–उनले भने ।

गुल्मी– गत एक हप्ताको अन्तरालमा गुल्मीका तिन वटा स्थानमा चोरी भएको त्यहाँका प्रहरी प्रमुख अनुराग कुमार द्धिवेदीले जानकारी दिए ।

उनले भने–‘ अरु महिनामा भन्दा असार , साउन, भदौ र त्यस पछिका चाड पर्वमा चोरीका घटना बढ्ने भएकोले सवैलाई सञ्चार माध्यमले सजग गराउनु पर्दछ र हामीले टोल टोलमा प्रहरी अभियान मार्फत पनि गराई रहेका छौं । ’

त्यस कार्यालय मुद्धाफाँटका असई सत्यनारायण यादवका अनुसार असार १९ गते गुल्मीदरवार गाउँपालिका  वडा नम्वर ३ , चिदियार भन्ने स्थानमा २४ वर्षिय पुरन दर्लामीले सोही वडा दौडाल गाउँकी महिलाको घरको ढोका फोरेर उनको झुम्का र मंगलसुक्र चोरी गरेको उजुरी परेको छ ।

निजले २० गतेका दिन गौटाकोटको एक सुनचाँदी पसलेमा बेच्न ल्याए पछि चोरीको घटना पत्ता लागेको थियो । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौर स्थित शिक्षक विष्णुप्रसाद भट्टराईको परिवारमा पनि खेतीपाती गर्न गएको वेला  चोरी भएको छ ।

स्थानि १८ वर्षिय युवक सागर खरेलले उनको घरको ताल्चा काटेर  गरगहना र नगद सहित ५ लाख २० हजार ५ सय मुल्य वरावरको चोरी गरेको  पिडितले दावी गरेका छन ।  दुवै चोरीका आरोपलीलाई पक्राउ गरी अनुसान्धान गरी रहेको यादावले बताए । उता ईस्मा गाउँपालिका वडा नम्वर २ को हस्तीचौमा पनि दुई वालकले चरी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply