२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सामुदायिक विद्यालयल लेखा परीक्षण गराउँदैनन्

२७ असार २०७५, बुधबार ०७:०४

असार २७, बैतडी | जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो । 

उहाँले भन्नुभयो, “विद्यालयल आफैँले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा त्यसो नगरेकाले यस इकाइले नै लेखा परीक्षकका लागि दर्खास्त आह्वान गरेको छ । विद्यालयले हरेक आर्थिक वर्षको अन्त्यमा लेखा परीक्षण प्रतिवेदन बनाउनुपर्ने कुरा शिक्षा ऐनमै उल्लेख भएको इकाइ प्रमुख अवस्थीले बताउनुभयो । 

जिल्लाका ४१८ आधारभूत विद्यालय र १२३ माविमध्ये एक÷दुई विद्यालयले मात्रै नियमितरुपमा लेखा परीक्षण गरेको विद्यालय निरीक्षक शंकरदत्त जोशीले बताउनुभयो । सामुदायिक विद्यालयले समयमै लेखा परीक्षण नगर्दा विभिन्न खालका समस्या देखापरेका छन् । 

जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराजले भन्नुभयो, “शिक्षण संस्था पारदर्शीताको पाठ पढाउने संस्था भएकाले ती संस्थाले समयमै लेखा परीक्षण गराउन आवश्यक रहेको छ ।” 

सरकारको कमजोरीका कारण लामो समयसम्म पनि लेखा परीक्षण हुन नसकेको चनैराज माध्यमिक विद्यालय श्रीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टले बताउनुभयो । “विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नहुँदा यस्तो समस्या आएको हो”, उहाँले भन्नुभयो, “लेखापालले नै शिक्षण गर्नुपर्दा समस्या बढेको हो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै