<p>असार २७, बैतडी | नेपाल–भारत सीमानाका झुलाघाटवाट एक भारतिय नागरिक सहित दुईजनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । <br></p><p>पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ बर्षिय जगदिश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका ४ का २१ बर्षिय बिशाल गहतराज रहेका छन्। भारतिय नागरिक बर्माको साथवाट ६० ग्राम सुन र २४ हजार ३९० भारतिय रुपैंया र नेपाली नागरिक गहतराजवाट ३ लाख २७ हजार ९८५ रुपैंया र ११ ग्राम ६६४ मिग्रा सुन फेला पारेको हो । </p><p>संकास्पद आधारमा मंगलवार अपरान्ह सीमानाका झुलाघाटमा सुन किनबेच गरिरहेका बेला सीमा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतिय व्यापारी बर्मावाट नेपाली व्यापारी गहतराजले सुन किनिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कार्वाहीका लागी आज कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो । </p>
July 11, 2018
बैतडी - BTD, समाज
झुलाघाटवाट अवैध सुनसहित दुईजना पक्राउ
By साझासवाल
3 मिनेट पढाइ










