2026-09-14 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बैतडी र दार्चुलामा यसरी मनाईयो भानु जयन्ती

नरी बडु | असार २९, बैतडी | शुक्रबार आदीकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती बैतडी र दार्चुला लगायत देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । भानु जयन्तीका अवसरमा बैतडीको मालिकाडाँडामा पनि विभिन्न श्रष्टाहरुले आ–आफ्ना रचना बाचन गरेर भानु जयन्ती मनाएका हुन् । 

मालिकाडाँडास्थित भानु शालिकको प्राङ्गणमा मनाईएको भानु जयन्तीको प्रमुख अथितिमा बैतडीको क्षेत्र नं. ख बाट निर्माचित प्रदेशभा सदस्य लीलाधर भट्ट रहुनुभएको थियो । माहाकाली साहित्य संगमको आयोजनामा नागरिक समाज बैतडीका सचिव करन दयालको अध्यक्षतामा कार्यक्रम गरिएको साहित्यकार प्रकाश चन्दले बताए । कार्यक्रममा उपस्थित विभिन्न श्रष्ठाहरुले भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्नुका सार्थ कविता, गीत र गजल समेत बाचन गरेका थिए । भनुभक्त आचार्य जस्ता देशका अन्य विभुतिहरुले औँल्याएको पथमा सबैले हिड्नुपर्ने कार्यक्रममा उपस्थित वक्ताहरुको भनाई    थियो । 

कार्यक्रममा जिल्ला समुन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्र थापा जिल्ला समुन्वय समितिका सदस्य टेक विश्वकर्मा लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख र शाहित्यकारहरुको उपस्थिति रहेको थियो । यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर माविमा पनि २०५ औं भानु जयन्ती मनाईएको छ । सस्कृत भाषामा लेखिएको रामयणलाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, धर्म, साहित्य र राष्ट्रियतामा योगदान पुर्याएको भन्दै उहांको २०५ औं जन्म जयन्ती आज मनाइएको हो । भानु जयन्तिको अवसरमा विद्यालयका शिक्षक माधवराज विष्टको पहलमा आयोजित कार्यक्रममा सहभागि शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए । व

डा अध्यक्ष रामधनी विष्टको अध्यक्षता तथा गोकुलेश्वर वहुमुखी क्याम्पसका प्रमुख प्रदिप कुमार जोशीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संञ्चालन शिक्षक गणेशराज विष्टले गर्नुभएको थियो । १८७१ असार २९ गते जन्मेका भानुभक्त आचार्यले नेपाली साहित्य क्षेत्रमा दिएको योगदानको सम्झना स्वरुप हरेक वर्ष मनाइदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ