साउन १०, काठमाडौं | राष्ट्रिय जनता पर्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।
संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट पार्ने नीति भन्दा पनि आफ्नो राजनीतिक नजरमा ठीक ठहर गरेअनुसारको निर्णय गरेको उनीहरुको ठहर छ ।
यसअघि ठाकुरले अध्यक्ष मण्डलका विभिन्न अध्यक्षको भनाइलाई बढी ध्यान दिँदा कतिपय काम समयमा हुन नसकेको पार्टीका एक नेताले बताए ।
राज्यमन्त्रीको निर्णयमा सबैको कुरा सुनेर आफ्नो निर्णय गरेकोमा कतिपय नेता छक्क परेको र कतिपय दुखी भएको ती नेताको भनाइ छ ।
संयोजक ठाकुरले राज्यमन्त्रीमा सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मालाई सिफारिस गरी पठाएका थिए । – आजको कारोबारमा समाचार छ ।