2026-09-14 05:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जटिल प्रसूति सेवा बन्द

 साउन २६, बैतडी । बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हँुदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्ला अस्पताल जान बाध्य छन् । 

आफू गभर्वती भएको आठ महिनामै ब्यथा लागेपछि उक्त अस्पतालमा जचाउन आउँदा पेटमा उल्टो अवस्थामा बच्चा देखिनुका साथै बच्चाभन्दा सालनाल अगाडि रहेको पाइएको र आफूलाई यहाँ उपचार हुन नसक्ने भनेकाले डडेल्धुरा जिल्ला अस्पताल पुगेर बच्चा जन्माउनु परेको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटकी सुनिता विष्टले बताउनुभयो । 

आर्थिक अवस्था राम्रो भएका व्यक्तिले बाहिर गएर पनि उपचार गराउन सक्छन् तर गरीबका लागि भने निकै समस्या भएकाले सम्बन्धित निकायले तत्काल यस विषयमा ध्यान दिनुपर्नेमा सोही स्थानका गणेश विष्टले जोड दिनुभयो । 

केही महिनादेखि बिरामी परेका एनेस्थेसिया असिस्टेन्ट दुई महिनाअघि निधन भएकाले एनेस्थेसिया दिइ शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचार गराउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । एनेस्थेसिया असिस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागमा लिखित र मौखिकरुपमा जानकारी गराए पनि अहिलेसम्म कुनै पहल नभएको उहाँले जानकारी दिनुभयो ।(रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ