२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महाकालीमा फेरी पानी थपियो, सतर्कता अपनाउन आग्रह

२९ श्रावण २०७५, मंगलवार ०९:१३

साउन २९, बैतडी | भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । 

सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरेको जानकारी दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । 

“परियोजनाको दुईवटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ,” उहाँले भन्नुभयो “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको जानकारीमा आएको छ ।” उहाँले भन्नुभयो । 

यसअघि आइतबार नै भारतीय पक्षले आज बिहान ९ बजेसम्मका लागि बाँध खोलिने पूर्व जानकारी नेपाली प्रशासनलाई गराएको थियो । बाँधको पानी खोलिदा महाकाली नदीको बहाव घटबढ भइरहेको बताईएको छ । दार्चुलाको दत्तुमा बिहान १० बजे मापन गरिएअनुसार महाकाली नदीको सतह ४.६ मिटर क्युसेक रहेकामा दिउँसो १ बजे सतह घटेर ३.६ मिटर क्युसेक पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । 

बाँधको पानी खोलिदा महाकाली नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले आग्रह गरेका छन् । 

पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । कूल २८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गाको बाँध यस वर्षमात्रै चारपटक खोलिएको छ । यसअघि धौलीगङ्गा जलविद्युत् परियोजनाको छिरकिल्लास्थित बाँधमा पानीको मात्रा अत्यधिक भएकाले साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा क्षति पुर्याउँदा अर्बौंको क्षति पुगेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो